Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
झाडापखालाले एकको मृत्यु Print E-mail
Posted by Administrator   
Tuesday, 11 September 2007
स्याङ्जा, भदौ २३ - दूषित पानीले गाउँमा फैलिएको झाडापखालाले एक महिलाको मृत्यु भएको छ । पुतलीबजार-८ सतौं अधेरीका देवीलाल ढकालकी श्रीमतीको पखालाले मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बुधबार मृत्यु भएको हो ।

दूषित पानीले नगरपालिकाका-८ र ९ वडाका आधा दर्जनभन्दा बढी गाउँमा झाडापखाला फैलिएको जनस्वास्थ्य कार्यालयका निरीक्षक शंकरध्वज कार्कीले बताए । 'त्यहाँका सबैले कुवा, पँधेराको पानी खाँदा रहेछन्,' गाउँ पुगेर फर्केका कार्कीले भने- 'दूषित पानीले झाडा फैलिएको हो ।' कार्कीका अनुसार पखालाबाट सतौं अधेरी, टोड्के, आमडाँडा, ठूला पँधेरा र बैदीखोलामा दुई सयभन्दा बढी प्रभावित भएका छन् । गाउँमा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी टोली पठाएको उनले जानकारी गराए । पखालाले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक १५ भन्दा बढी झाडापखलाका बिरामी आउने गरेको अनमी कल्पना गुरुङले बताइन् । गुरुङका अनुसार बिरामी चापले अस्पतालमा शय्या अभाव हुन थालेको छ । अस्पतालमा १५ शय्या छ । 'भर्ना भएका बिरामीलाई ३ देखि ७ दिन राख्नु पर्छ,' उनले भनिन्- 'सबैलाई शय्या पुर्‍याउनै समस्या भएको छ ।' 

श्रोतः कान्तिपुर, 2064 भाद्र 24

Last Updated ( Tuesday, 11 September 2007 )
 
< Prev
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2024 NGO Forum - Nepal
powered by nepalonline.
No Image