Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
फोहोर उठाउन सुरु Print E-mail
Posted by Administrator   
Tuesday, 11 September 2007
काठमाडौं, भदौ २३ - फोहोरमैला व्यवस्थापनमा संलग्न विभिन्न  पक्षको आन्दोलनका कारण राजधानीमा थुप्रिएको फोहोर उठाउन सुरु गरिएको छ। महानगरपालिकाले सबै फोहोर उठाउन कम्तीमा तीनदिन लाग्ने जनाएको छ।  फोहोरका कारण राजधानी एक सातादेखि दुर्गन्धित बन्दै आएको छ । खासगरी चोक र सार्वजनिक ठाउँमा फोहोर थुपि्रएको छ । बाटो हिंड्नेलाई सास्ती त छँदैछ, समयमै फोहोर नउठाउँदा फोहोर सडकमै गल्ने र कुहिने गरेपछि दुर्गन्ध फैलिएको हो । ल्यान्डफिल क्षेत्रका बासिन्दाको माग र राजधानीको करिब ४० प्रतिशत फोहोर उठाउन ठेक्कामा काम गरिरहेको निजी क्षेत्रका कामदार आन्दोलनका कारण फोहोर उठाउन समस्या परेको थियो । कामपाका कार्यकारी अधिकृत दिनेश थपलियाले दुवै पक्षबीच सहमति भएपछि  आईतबारदेखि फोहोर सुरु गरिएको बताए । 'पहिलो दिन ४८ टि्रफ फोहोर गयो, कम्तीमा तीन दिनभित्र सबै उठिसक्छ,' उनले भने । ल्यान्डफिल्डस्थित ओखरपौवा-४ का दिनेश थापाको मृगौला रोगीलाई आर्थिक सहयोग गर्न माग गर्दै फोहोर लैजान रोकेका थिए । स्वास्थ्य सम्बद्ध निकायसँग समन्वय र कामपाद्वारा सञ्चालित एफएम र टीभीबाट पनि सहयोग जनाएपछि स्थानीयवासीको समस्या समाधान भएको हो । निजी क्षेत्रले पहिलेकै नियमअनुसार तीन महिनासम्म शुल्क उठाउने सर्तमा काम सुरु गर्ने भएको कामपाले जनाएको छ । निजी क्षेत्रले पहिला टेकुस्थित संकलन केन्द्रमा जम्मा गर्दै आएको फोहोर अब ल्यान्डफिल क्षेत्रमै पुर्‍याउने सहमति भएको छ ।

 

श्रोतः कान्तिपुर, 2064 भाद्र 24
Last Updated ( Tuesday, 11 September 2007 )
 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2024 NGO Forum - Nepal
powered by nepalonline.
No Image