Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
वाग्मती सभ्यतावादीहरू सावधान ! Print E-mail
Posted by Administrator   
Wednesday, 12 September 2007

माओवादीद्वारा पशुपति क्षेत्रमा सडक निर्माण समाचार  -२४ भदौ) ले मलाई  पनि दुःखी बनाएको छ । मसँग भएका यससम्बन्धी फाइल पल्टाउन थालेँ । असार ११ मा वाग्मती सुधार आयोजनाका कृष्ण केसीले अध्यक्षको हैसियतले दस्तखत गर्नुभएको विज्ञप्ति र वाग्मती सभ्यता एकीकृत विकास कोष स्थापना र अवधारणा फेला पारेँ । तर कतै पनि यो समितिलाई अहिले विवादमा आएको सडक खन्ने अधिकार दिइएको छैन । नपाएको पगरी लगाएको जस्तो भयो ।

अर्को यो सडकले तिलगङ्गा, ताम्रगङ्गा र श्लेष्मान्तक वनलाई असुरक्षित र  सांस्कृतिक मर्यादाबाट अलग्याउने निश्चय छ । काठमाडौं महानगरपालिकाले सहरी फोहोरमैला शोभाभगवती घाटमा बिछ्याएर विष्णुमतीलाई पेल्दै बालाजु जाने सडक खोलेको थियो । दस-बाह्र वर्ष पहिलेको त्यो कार्यक्रमले शोभाभगवती मन्दिर र विष्णुमती नदी दुवैकोे  सांस्कृतिक मर्यादा  एकै लातले ढाल्यो । वाग्मती सभ्यता मास्यो । यो विवादमा पनि इतिहास दोहोरिएला । त्यसैले वाग्मती सभ्यतावादीहरू सबै सतर्क हुनुपरेन यो उपत्यकाको जीवन पद्धति फेरिँदै जाँदा  नयाँ सडक बाटोघाटोको खाँचो बढेर जान्छ । यस्तो व्यावहारिक अनिवार्यतालाई  हामीले नकार्न हुँदैन । यी दुई गङ्गा र  श्लेष्मान्तक वनलाई नखल्बलाएर त्यो ठाउँको यातायात समस्याको वैकल्पिक  समाधान खोजी गर्न सम्बन्धित संघ-संस्था, राजनीतिक पार्टी र वाग्मती सभ्यतावादीहरूको छलफल आवश्यक छ । यसोे गरे समस्या समाधान हुन नसक्ला र ? अध्यक्ष कृष्ण केसीलाई यो मेरो सार्वजनिक सुझाव हो ।

-         हुतराम वैद्य,  त्रिपुरेश्वर, काठमाडौं

श्रोतः कांतिपुर 2064 भाद्र 26

 

Last Updated ( Tuesday, 04 November 2008 )
 
< Prev
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2024 NGO Forum - Nepal
powered by nepalonline.
No Image