Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पोखरी सफा गर्न नर्कट Print E-mail
Posted by Administrator   
Monday, 27 April 2009

अब्दुल्लाह मियाँ
काठमाडौं: धेरै पटक चालिएका अभियानले प्रदूषित नदी, पोखरी र तालतलैया सफा भएनन् । राजधानीकै रानीपोखरी, टौदह, फेवाताल लगायत मुलुकभरका नदी र पोखरीमा प्रदूषण मात्रा बढ्दो छ ।

प्रदूषणको चपेटामा परेका नदी र पोखरी सफा गर्ने सरकारी प्रयास असफल भइरहँदा वैज्ञानिकले पोखरी, नदीनाला र सिमसार शुद्ध गर्ने नयाँ प्रविधि भित्र्याएका छन्-कृत्रिम फ्लोटिङ वेटल्यान्ड सिस्टमु । त्यो प्रविधिअनुसार कम खर्चमै नर्कटु नामको वनस्पति प्रदूषित नदीरपोखरीरसिमसारमाथि रोपेर प्रदूषित पानी सफा गर्न सकिन्छ । नर्कटु को जरा पानीमा फैलिएपछि स्वतः पानी सफा हुने प्रविधिका जानकार बताउँछन् । त्यसका लागि नर्कट रोपिएको फोम प्रदूषित पोखरीको धेरै भागमा तैराएर राखिन्छ । फोममा रोपिएको नर्कटको पातबाट जरा हुँदै अक्सिजन पानीमा घुलेपछि पानी सफा हुन्छ । फ्लोटिङ वेटल्यान्ड सिस्टमका जानकार दयानिधि गौतमले भने, यो हाम्रा लागि नौलो हो । यस प्रविधिले पोखरीको सुन्दरता पनि बढाउँछ ।  उनका अनुसार नर्कटको जराले पानीमा भएको नाइट्रेट, अमोनिया, फस्फोरस र गह्रौं धातुजस्ता प्रदूषित तत्त्व विनाश गरेपछि पानी शुद्ध हुन्छ । प्रदूषित नदीरपोखरीरसिमसार सफा गर्ने यो नयाँ प्रविधि हो । गौतमले बुधबार कान्तिपुरसित भने, छिट्टै हामी राजधानीको कुनै पोखरीमा यसको परीक्षण गर्दै छौं ।विकास अनुसन्धान केन्द्रले स्विडेन सरकारको सहयोगमा त्यो प्रविधि प्रयोग गर्न लागेको हो । पहिलोपटक प्रयोग गर्न लागिएको त्यो प्रविधिको परीक्षण प्रयोगका लागि स्विडेनले साढे नौ लाख रुपैयाँ सहयोग दिँदै छ । सुरुमा एउटा प्रदूषित पोखरीमा त्यो परीक्षण गर्छौं । गौतमले भने, पछि प्रदूषणको चपेटामा परेका नदी, ताल र सिमसारका लागि उपयुक्त हुन सक्छ ।यो प्रविधिबाट ९० प्रतिशतसम्म प्रदूषित पानी सफा हुने विशेषज्ञहरूको दाबी छ । यो प्रविधिबाट नर्कटको पातबाट जरा हुँदै पानीमा अक्सिजनको मात्रा बढ्ने भएकाले पानीमा हुने जीवका लागि पनि फाइदा पुग्छ । पोखरीमा अक्सिजनको कमी भएमा जीव बाँच्न गाह्रो हुन्छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्रा मदन कोइराला त्यो प्रविधि प्रदूषित पोखरीरनदी सफाइका लागि उपयुक्त भएको बताउँछन् । पानी शुद्धीकरणको यो नयाँ प्रविधि हो । उनले भने, नेपालमा यसलाई प्रवर्द्धन गरिए प्रदूषित पोखरी सफा गर्न सकिन्छ । चीनमा यो प्रविधिको प्रयोग बढी भएको छ । कृत्रिम फ्लोटिङ वेटल्यान्ड सिस्टमु भारतका वनस्पति वैज्ञानिक प्रा एसके विल्लौरले खोज गरेको नदीरपोखरीरसिमसार शुद्धीकरण गर्ने नयाँ प्रविधि हो । यो प्रविधि भारतका चार स्थानमा सफल भएको छ, विल्लौरले भनेका छन् । भारतको महांकाल मन्दिरस्थित कोटितीर्थ, शिप्रा नदी, रवीन्द्रनगर, भरतपुरी नदी र गुजरातको भावनगरमा यो प्रविधि प्रयोग गरिएको हो ।

स्रोत : कान्तिपुर दैनिक २०६६ बैशाख १० गते

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image