Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
चर्पीले नमुना गाविस Print E-mail
Posted by Administrator   
Monday, 18 May 2009

दाङ : जिल्लाको ढिकपुर राप्ती अञ्चलकै नमुना गाविस बनेको छ । बोटोघाटो सफसुग्घर छन् ।

प्रत्येक घरमा चर्पी कोही पनि खुला शौच गदैनन् । गाउँ पस्दा जोकोही बाटोमा दिसा कुल्चिनुपर्ने खतराबाट मुक्त छन् । यहाँका महिला, विद्यार्थी राजनीतिक दल, युवा क्लबलगायतको पहलमा 'एक घर चर्पी' अभियान थालेपछि सिंगो गाविस सफा बनेको हो । 'जुनसुकै ठाउँ हिड्दा कसैले नाक थुन्नु पर्दैन,' सरसफाइ अगुवा ढिकपुर-७ की मेनका केसीले भनिन्, 'अभियानले सबै घरमा चर्पी बनेका छन् ।' गाविसको २ हजार १ सय ८३ चर्पी भएका घरमध्ये ७ सय ५० मा कच्ची चर्पी छ । आफै चर्पी बनाउयन नसक्ने अवस्थाका अति विपन्न ३ सय ८० परिवारलाई १ हजार ३ सय रूपैयाँका दरले अनुदान सहयोग दिएको थियो । यसका लागि तिहारमा भैलो खेलेको रकम स्थानीय क्लब र महिला संस्थासँग सहयोग मागेर रकम जुटाएको सरसफाइ मूल समितिका संयोजक शालिकराम पराजुलीले बताए । 'चर्पी बनाउन नसक्ने अवस्थाका मानिसलाई राहत होस् भनेर सक्ने गाउँलेले नै सहयोग गरेका हुन्,' उनले भने, 'चर्पीका प्यान, पाइप र सिमेन्ट किनन पुग्ने खर्चको व्यवस्था गरिदिएका छौं । यसले गर्दा सबै गाउँमा शौचालय सम्भव भयो ।' गाउँलेले तिहारमा भैलो खेलेर २२ हजार र स्थानीय चेतना जागरण महिला सहकारीबाट १५ हजार रूपैयाँ जोहो गरेका थिए । 'यसरी गाउँका संघसंस्थाको सहयोगमा सबैका घरमा चर्पी बन्न सक्यो,' ढिकपुर-२ कटुकीका लीलाधर न्यौपानेले भने, 'सुरूसुरूमा धेरैले चर्पी बनाउन आनाकानी गरे, चर्पी बनाउने पैसा छैन भने पछि चर्पी बनाउन अति आवश्यक खर्च जुटाइदिएपछि साह्रै कमजोरले पनि बनाएरै छाडे ।' गाविसका विभिन्न ठाउँमा झाडापखालाजस्ता फोहोरजन्य रोग प्रकोप देखाएपछि ६ वर्षघि स्थानीय मर्छाई र बकुलाहीबाट अभियान थालिएको मूल समितिकी सदस्यले बताए ।

स्रोत :  कान्तिपुर दैनिक २०६६ बैशाख ३० गते

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image