Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
जितगढी किल्ला शौचालयमा परिणत Print E-mail
Posted by Administrator   
Saturday, 02 October 2010

बुटवल : नेपाल अंग्रेज युद्धमा नेपालीले लडनका लागि बनाएको ऐतिहासिक जितगढी किलला शौचालयमा परिणत भएको छ । बुटवल नगरपालिका ३ मा रहेको पुरातात्विक र ऐतिहासिक महत्वको जितगढी किललाको संरक्षण नहुँदा शौचालयमा परिणत भएको हो ।

विसं. १८७२ मा नेपाल अंग्रेज युद्धका बेला किललाबाट नेपाली यो किललाबाट पनि अंग्रेजविरुद्ध लडेका थिए । पू्र्व पश्चिम २०५ फिट लम्बाई र चौडाई करिब ५५ फिट रहेको जितगढी किल्लालाई स्थानीय र स्कुले विद्यार्थीले शौचालय बनाएका छन् । किल्लालाई शौचालयका रुपमा प्रयोग गरिएपछि सुरुङवरिपरि समेत दुर्गन्धित बनेको छ । तत्कालनि युद्धमा वीर उजिरसिँह थापाको नेतृत्वमा रहेको नेपाली फौजले मेजर जनरल उडको नेतृत्वमा रहेको अंग्रेज फौजलाई यहीकिल्लाबाट हराएपछि यो किल्ला जिगढी किललाको नामले प्रख्यात छ । बुटवलको तिनाउ नदीकिनारमा रहेको यस किल्लाबाट नेपाली फौजले भारतबाट गोरखपुर हुँदै नेपाल प्रबेश गरेको अंग्रेज फौजलाई हराएको थियो ।
जितगढी किल्ला शौचलायमा परिणत भएकोमा बुटवलका बुद्धिजीवी तथा व्यवसायी चिन्तित छन् । बुटवल नगरपालिकाका पूर्वउपप्रमुख मिलबहादुर शाक्यले पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले सरोकारवाला नियकाको बेवास्ताका कारण पुरातात्विक र ऐतिहासिक जितगढी किल्ला नष्ट भएर जाने खतरा बढेको बताए । पुरातात्विक र ऐतिहासिक यस किल्लाको संरक्षण गरी ष्प्रचार प्रसार गरिए जिगतढी क्षेत्र पर्यटकीय स्थलका रुपमा विकसित हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष मानव नेपाल बताउँछन् ।
स्रोत : नयाँ पत्रिका, ०६७ असोज १६, पेज नं. ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image