Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
डम्पिङ साइट छनोट Print E-mail
Posted by Administrator   
Saturday, 02 October 2010

बुटवल : नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न बुटवल नगरपालिकाले डम्पिङ साइटको छनोट गरेको छ । झन्डै तीन सातादेखि नगरको हरेक चोकमा जम्मा भएको पोहोरका कारण बुटवल प्रदूषित बन्दै गएपछि नगरपालिकाको वडा नं. १३ स्थित पवित्रनगर नजिकैको खाली स्थानलाई छनोट गरिएको हो ।

बुनपाले नगर क्षेत्रपिभत्र र आसपासमा फोहोर व्यवस्थापनको लागि स्थायी स्थान खोजे पनि त्यस्तो उपयुक्त स्थान नभेटिएको कारण तत्कालको समस्या समाधानका लागि उक्त स्थान रोजेको जनाएको छ । तर, अस्थायी रुपमा बुपाले छनोट गरेको स्थानमा फोहोर फाल्न डम्पिङ साइट निर्माण गर्न नदिने भन्दै पवित्रनगर, इटाभट्टी र आसपासका स्थानीय वासिन्दाले विरोध गरेका छन् । बुनपाले उद्योग बाणिज्य संघ बुटवलको भवन अगाडिबाट फोहोर व्यवस्ापन गर्ने स्थानसम्म करिब आधा किलोमिटर बाटो निर्माण गरिसकेको छ । करिब एक हप्तादेख जिम्मा भउको पोहोर भोलि शनिवारदेखि सोही स्थानमा व्यवस्थापन गर्ने नगरपालिकाले तयारी गरिहरहेको बेला सोही स्थानमा फोहोर फाल्न नदिने भन्दै स्थानीयले असहमति जनाएका थिए ।
उनीहरुले बुनपलो अस्थायी रुपमा निर्धारण गरेको स्थानसम्म पुग्नका लागि निर्माण गर्न लागिएको बाटो निर्माण गरिरहेको अवस्थामा अवरोध गरेको बनुपाका कर्मचारी खडकबहादुर खत्रीले बताउनुभयो । स्थानीय बासिन्दाले आजै नगरपालिकासमक्ष सो स्थानमा डम्पिङ साइट निर्माण नगर्न आग्रह गरेका छन् । नगरका चोक र गल्लीमा जम्मा भउको फोहोरको दुर्गन्धले नगरवासी नाक छोपेर हिँडडुल गर्न बाध्य भएका बेला बनुपाले अस्थायी डम्पिङ साइटको लागिस्थान छनोट गर्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले छोटो समयको लािग उक्त स्थान छनोट गरिएको, बैकल्पिक स्थानको खोजी भइरहेको र त्यस्तो स्थानको छिट्टै टुंगो लाग्ने बताउनुभएको छ । बुटवल नगरपालिाकाले नगरकेा फोहोरलाई व्यवस्थि तगर्न तामनगरमा आधुनिक फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने निर्णय यसअघि गरेको थियो । एसियाली विकास बैकको ऋण र अनुदान सहयोगमा निर्माण गरिने प्रबोधन केन्द्र, बुटवलको खानेपानी, उजिरसिँह पार्क र मैनाबगर अटो भिलेजका लागि करिब ८० करोडव रुपियाँ उपलब्ध गराउने सम्झौतासमेत भएको नगरपालिकाले जनाएको छ ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ असोज १६, पेज नं. ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image