Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खुला दिसामुक्त जिल्लाको गृहकार्य Print E-mail
Posted by Administrator   
Sunday, 03 October 2010

दाङ : दाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न तीव्र गृहकार्य भइरहेको छ  । यसका लागि जिल्लाका सबै गाविसमा गाविसस्तरीय कार्ययोजना बनाइने निर्णयभएको छ । गाविसस्तरमा कार्यायोजना बनाइसकेपछि काम गर्न सहज हुने विश्वासका साथ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको अगुवाईमा आगामी मँसिर महिनाभित्र यहाँका सबै गाविसमा यस्तो कार्ययोजना बनाउन लागिएको हो ।

नेपवाल सरकारले सिँगो मुलुकलार्य आगामी सन २०१७ सम्ममा खुला दिसामूक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ भने दाङलाई सन २०१४ सम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । यसअघि दाङके ढिकपुर गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । जिल्लाका विभिन्न १० वटा विद्यालयले आफ्नो कार्यक्षेत्रभित्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।
जिल्लालाई खुला दिसामुक्त क्षेत्र बनाउनका लागि स्थानीयस्तरमा गाविस सचिवहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै प्रजिअ ऋषिराम ढकालले सरसफाईमा सुधार ल्याउन सकेमा गाविसमा ५० प्रतिशत स्वास्थ्य समस्या समाधान हुने विश्वास व्यक्त गरे । खानेपानी विभागका क्षेत्रीय निर्देशक अवोधकिशोर मिश्रले सरसफाईलाई अभियानकै रुपमा लाग्नुपर्ने बताउदै सामूहिक प्रयासले जिल्लालाई खला दिसामुक्त क्षेत्र बनाउन सकिने बताए ।
स्रोत : राजधानी दैनिक, ०६७ असोज १७, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image