Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
विराटनगरमा शुद्ध पानीको अभाव Print E-mail
Posted by Administrator   
Monday, 04 October 2010

मोरङ : सुख्खा याममा खानेपानीको पाइपबाट पानीको सट्टा हावा मात्र आउँछ पानी आउँदैन । वर्षा लागेपछि पानी आपूर्तिमा केही सुधार त भएको छ तर अधिकाँश समय फोहोर लेदो मिसिएको पानी आउँछ । सङलो पानी त यदाकदा मात्रै पिउन पाइन्छ ।

खानेपानी संस्थान विराटनगरका उपभोक्ताहरुबाट प्राय यस्तै गुनासोहरु आउने गर्दछन् तर संस्थानले भने पानीको गुणस्तर र आपूर्तिमा सुधार गर्न सकेको छैन । संस्थानले पानी आपूर्तिका लागि बोरिङ गरिएको कुवा (वेल)को पाइप र जाली कामैनलाग्ने पुराना छन् । त्यस्तै पानी आपूर्ति गर्न विच्छयाएका पाइप पनि पुराना र जीर्ण भैसकेका छन् । तर बजेटको अभावमा मर्मत सम्भार भने हुन सकेको छैन । विराटनगरमा राणा प्रधानमन्त्री जुद्धशमशेरको पालादेखि नगरवासीलाई पिउने पानी वितरण गर्न थालिएको हो । राणा शासनको अन्त्यपछि त्यसको जिम्मा नगरपालिकाले लिएको थियो । २०३६ सालपछि खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको हो । त्यसको पनि बेला बेलामा नाम परिवर्तन हुँदै पछिल्लो समयमा सरकारले खानेपानी संस्थान नामकरण गरेको हो । नगरवासीलाई पानी खुवाउने जिम्मेवारी हस्तान्तरण हुँदै आएपनि सफा, राम्रो र माग अनुसार पानी खुवाउन भने कसैले सकेनन् । नगरपालिका क्षेत्रमा जहाँ जाहाँ खानेपानी संस्थानको पाइप विच्छयाइएको छ त्यहाँ मात्रै मागलाई हिसाव गर्दा दैनिक १ करोड लिटर पानीको माग छ तर संस्थानले दैनिक ९० लाख लिटर मात्रै पानी आपूर्ति गर्दै आइरहेको छ ।
संस्थानको प्रमुख चन्द्रेश्वर शाहले सुख्खा याममा दैनिक १ करोड ५ लाख लिटर पानीको माग भएपनि ९० लाखको हाराहारीमा मात्रै आपूर्ति हुने गरेको बताउनुभयो । विराटनगरमा पानीको भूमिगत स्रोत भएकाले धेरै उपभोक्ताले संस्थानको भर नपरी टयुबवेल गाडेर आवश्यक्ता पूरा गरेका छन् । विराटनगरको मर्मत र सञ्चालन खर्च मात्र २ करोड बराबर छ । यसपटक बजेट नआएकाले त्यसको मार खानेपानी संस्थानलाई पनि परेको छ । संस्थानले नगर क्षेत्रमा पानी टंकी, मुनालपथ र देवकोटा चोकबाट पानी आपूर्ति गर्दै आएको छ । तीनवटै क्षेत्रको पाइपलाई एक अर्कासँग जोडेर दिँदा मात्रै पानीको फोर्स पुग्छ र उपभोक्ताको धारामा पनि राम्ररी पानी आउन सक्दछ तर विराटनगर २ स्थित पानी टंकीको दुइमध्ये एउटा मात्र वेल चालू अवस्थामा रहेकाले पानीमो फोर्स नै छैन । विराटनगर १ स्थित पानीटंकी राणाकालकै हो तर भारतीय सहयोगमा बनाएर २०२० सालमा निर्माण सम्पन्न गरेको टंकीबाट पानी आपूर्ति गरिन्छ । उक्त टंकीको माथिल्लो भाग प्वाल परेको र जीर्ण अवस्थामा पुगिसकेको छ । त्यहाँ कार्यरत पम्प अप्रेटर अर्जून दंगालका अनुसार हालै टंकी सफा गर्दा भित्रपट्टी टंकीको प्लास्टर झरेर थुप्रिएको फोहोरको डंगुर लागेको पाइएको थियो । त्यहाँ रहेका तीनवटा बेलमध्ये एउटा बेल २०५४ सालको भूकम्पमा बिग्रियो भने अर्को वेलको ट्रान्सफर्मर पनि गत सालका दशैको बेला नवमीका दिन झर्यो । त्यसलाई मर्मत गरिएको छैन । अहिले एउटै मात्र बेल चालू अवस्थामा छ । त्यसको पनि भित्रको पाइप र जाली थोत्रिइसकेको छ । विराटनगरमा खानेपानी संस्थानका १० हजार ग्राहक छन् । १ सय ५० किलोमिटर क्षेत्रमा पाइपको नेटवर्क छ । हरेक साल पानीका ग्राहक बढदो छ तर संस्थानले थप पाइप विच्छयाउन सकेको छैन ।
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ असोज १८, पेज नं. ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image