Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
ढुँगेधारा संरक्षणका लागि संयन्त्र Print E-mail
Posted by Administrator   
Monday, 04 October 2010

ललितपुर : काठमाडौ उपत्यकामा रहेका पुरातात्विक महत्वका ढुंगेधारा संरक्षणका लागि साझा संयन्त्र गठन भएको छ । संयन्त्रमा काठमाडौ उपत्यकाका चार नगर, पुरातत्व विभाग र ढुंगेधारा संरक्षणमा सक्रिय संघसंस्था सहभागी छन् ।

संयन्त्रका संयोजक एवं काठमाडौ महानगरपालिकाको भवन तथा सम्पदा शाखाका प्रमुख इन्द्रमान सुवालले ढुंगेधारा संरक्षणका लागि योजना बनाउन लागिएको बताए । 'लोपोन्मुख अवस्थासम्म पुगेका ढुंगेधाराको संरक्षण गर्न अब ढिलाई भइसक्यो' उनले भने 'संरक्षण कार्य योजनाका लागि छिट्टै महानगरका संयन्त्रमार्फत पहल हुन्छ ।' काठमाडौ उपत्यकाका ढुंगेधारा संरक्षणका लागि तीन वर्षअघि १२ बुँदे घोषणापत्र जारी भएको थियो भने यसै वर्ष संरक्षण कार्ययोजना बनेको थियो । ललितपुर उपमहानगरपालिकाका वरिष्ठ योजनाकार प्रवीण श्रेष्ठले नगरको ढुंगेधारा संरक्षणकै लागि २ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो । काठमाडौ उपत्यकाका कतिपय ढुंगेधारा स्थानीय बासिन्दाको लागि पानीको भरपर्दो विकल्प हुन । खानेपानीको लाइन वितरण नभएको धेरै ठाउँका बासिन्दा ढुंगेधारामा भर पर्ने गरेको ऐतिहासिक ढुंगेधारा तथा संरक्षण संघका सचवि दिलिप जोशीले बताए । सहरी खानेपानी तथा सरसफाईका लागि गैरसरकारी संस्था मञ्चले गरेको अध्ययन अनुसार काठमाडौ उपत्यकामा ३ सय ८९ ढुंगेधारा छन् । त्यसमध्ये काठमाडौमा १ सय ७६, ललितपुरमा ६१ र भक्तपुरमा १ सय ५२ ढुंगेधारा छन् । २ सय ३३ ढुंगेधारा अस्थित्वमा रहेकोमा ६८ सुकिसकेका र ४५ नष्ट भएको अध्ययनले देखाएको थियो ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ असोज १८, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image