Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानीका लागि हिँडनु नपर्ने Print E-mail
Posted by Administrator   
Tuesday, 05 October 2010

भैरहवा : घरनजिक पानीको स्रोत नहुँदा पानी लिन घन्टौ हिँडनुपर्ने रुपन्देहीका सालझन्डी, दुधराक्ष र परोहा गाविसका स्थानीयले राहत पाएका छन् । उनीहरुले पानीका लागि खोला तथा इनारमा धाउनु नपर्ने भएको छ ।

ओभरहेड टयाँकीको निर्माण गरी शुद्ध खानेपानी गाउँमै वितरण भएपछि ती गाविसका स्थानीय बासिन्दामा खानेपानीको समस्या हटेको हो । सालझन्डी गाविस ७ र ९ स्थित पीपलडाँडामा पीपलडाँडा खानेपानी आयोजना, दुधराक्ष गाविसको बुद्धनगर तथा पर्र्रोहा गाविसको गंगानगरमा टयाँकी निर्माण गरी खानेपानी वितरण गरिएको छ । प|mन्टबोर्डको आर्थिक तथा इन्द्रेणी ग्रामीण विकास केनद्र बुटवलको प्राविधिक सहयोगमा ती गाविसमा डिप टयुववेलमार्फत जमिनमुनिको पानी निकाली आयोजना निर्माण भएको छ । पीपलडाँडा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाका अनुसार पीपलडाँडामा निर्मित खानेपानी आयोजनाले सो क्षेत्रका २ सय १३ घरपरिवार लाभान्वित भएका छन् । सो ठाउँ उचाइमा भएकाले व्यक्तिगत लगानीमा एक लाख रुपैयाँसम्म खर्च गर्दा पनि टयुवबेलबाट पानी निकाल्न सकिएको थिएन । बर्षायाममा सँगालेको पानी पनि पुस माघमै सकिदाँ पानी लनका लागि एक घन्टा हिँडनुपथ्र्यो । उनी भन्छन 'खोला र इनारमा जाँदा पनि शुद्ध खानेपानी पाइँदैनथ्यो । आयोजनाको निर्माणपछि अब पानीको समस्या टरेको छ ।'
२७ लाख ७८ हजारको लागतमा पीपलडाँडा खानेपानी आयोजनाको निर्माण गरिएको हो । उक्त आयोजनाको प्रारम्भिक निर्माण ०६४ सालको भदौमा सुसरु गरिएको समितिका अध्यक्ष सापकोटाले बताए । २६ हजार लिटर क्षमताको उक्त टंकीबाट निवरण गरिने पानीको २७ सार्वजनिक धारा निर्माण गरिएका छन् । त्यसैगरी टयुववेलको पानीमा आर्सेनिक र आइनको मात्रा बढी भएपछि शुद्ध खानेपानीको समस्या भोगिरहेका दुधराक्ष बुद्धनगरका स्थानीय बासिन्दा पनि पानीको समस्याबाट मुक्त भएका छन् । बार्ड नम्वर ३ मा निर्माण गरिएको २६ हजार लिटर क्षमताको खानेपानी आयोजनाले त्यस क्षेत्रका २ सय ४७ घरपरिवार लाभन्वित भएको उपभोक्ता समितिका अध्यक्ष धनप्रसाद पौडेलले बताए । उक्त ठाउँको आयोजना गत चैतदेखि सञ्चालनमा आएको हो । त्यस्तै पर्र्रोहा गाविसको बार्ड नम्वर ४ गंगानगर स्थित आयोजनाबाट २ सय घरपरिवार लाभान्वित भएका छन् । गाउँमा भएको पानी समस्याले गर्दा बैशाख जेठमा पानी लिनका लागि एक घन्टा हिँडेर लामेदह, मूलपानी र खगनपुरसम्म जानुपर्ने बाध्यता रहेको तमबहादुर पुजामगरले बताए । इन्द्रेणी ग्रामीण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदीप शाहले रुपन्देही र कपिलवस्तुका विभिन्न गविसमा गरी १२ आयोजना निर्माण हुन बाँकी रहेको र ती ठाउँमा पनि आयोजना निर्माण गरी शुद्ध खानेपानीबाट बञ्चित सर्बसाधारणलाई पानी उपलब्ध गराउने लक्ष्य संस्थाले लिएको बताए । सालझन्डी गाउँ विकास समितिका सचिव अग्निप्रसाद पौडेलले गैरसरकारी संस्थाबाट निर्माण हुने आयोजनाबाट सालझन्डीमा देखिएको खानेपानी समस्या धेरै मात्रामा समाधान भएको उल्लेख गरे ।
स्रोत : नयाँ पत्रिका, ०६७ असोज १९, पेज नं. १२

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image