Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
धुलिखेल ढल प्रशोधनशाला उपभोक्तालाई Print E-mail
Posted by Administrator   
Tuesday, 05 October 2010

काठमाडौ : धुलिखेल नगरपालिकाद्वारा यूएन हृयाविटाटको आर्थिक सहयोगमा निर्मित बायोग्यास प्रणालीमा आधारित शखण्डपुर फोहोर पानी प्रशोधनशालाको सम्पू्र्ण जिम्मा उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।

नेपालकै सबैभन्दा ठूलो नर्कट प्रविधिमा आधारित बायोग्यास प्रशोधनशालामा २ सय घरधुरीका १ सयवटा ढल जडान गरिएको छ भने ढल प्रशोधन गरेबापत उपभोक्ता समितिले प्रतिघर वार्षिक २ सय रुपियाँ शुल्क उठाउने गरेको छ । उत्पादित ग्यास ५ सय घरधुरीलाई वितरण गरी उपभोक्ता समितिले मासिक ३ सय ५० रुपियाँ लिँदै आइरहेको छ । ९० हजार अमेरिकी डलरको लागतमा निर्मित बृहत परियोजनाबारे बोल्दै यूएन हृयाविटाटका प्राविधिक सल्लाहकार सुधार श्रेष्टले भन्नुभयो 'स्थानीयको व्यवस्थापनमा प्रशोधनशाला हस्तान्तरण भए तापनि नगरपालिकाको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो । धुलिखेल नगरपालिकाका इन्जिनियर देशलाल मण्डलले उपभोक्ता समिति ढल प्रशोधनशाला व्यवस्थापनमा सक्षम रहेको बताउनुभयो भने उपभोक्ता समितिका अध्यक्ष पूर्ण कर्माचार्यले दीर्घकालीन व्यवस्थापनका लागि बायोग्याँस उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको बताइएको छ ।
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ असोज १९, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image