Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
जाजरकोटवासी दूषित पानी पिउन बाध्य Print E-mail
Posted by Administrator   
Thursday, 07 October 2010

जाजरकोट : मध्यपश्चिमको विकट पहाडी जिल्ला जाजरकोटका अधिकाँश बासिन्दा दूषित पानी पिउन बाध्य छन् । जिल्लामा स्वच्छ पिउने पानीको व्यवस्था हुन नसक्दा जिल्लाबासीले दूषित पानी पिउनुपरेको हो ।

सरकारी तथा गैरसरकारी निकायले बर्षैपिच्छे खानेपानीका लागि करोडौका योजना सम्पन्न गरे पनि योजना कागजमै सिमित हुनाले समस्या ज्युँ का त्युँ रहेको छ । स्वच्छ खानेपानीको व्यवस्था हुन नसक्दा मानिस अहिले पनि खोला, नदी, कुवा, नाउलो लगायतका स्रोतबाट पानी पिउने गर्छन । अन्य महिना भन्दा वर्षादको समयमा पानी बढी दूषित हुने गरेको छ । जिल्लाका अधिकाँश वासिन्दा खुला दिसा पिसाब गर्ने गर्छन । वर्षादको समयमा आकाशेपानीले खुला दिसा बगाएर खानेपानीको मुहानमा मिसाउनाले पानी दूषित हुन्छ । स्वच्छ पिउने पानीको अभावमा खगेनकोटको दल्ली, जगतीपुरको कुदु, खलंगाको रिम्ना, भुरको आली, कालाभुर, फेरा, कार्कीगाउँको छेडालगायतका ठाउँका बासिन्दाले भेरी नदीको धमिलो पानी पिउने गरेका छन् ।
त्यसैगरी खलंगाको स्याला, रावतगाउँ, देशेराको थलह बजार, कार्कीगाउँका मनघाट, सीमाको मोर्क बजार र ढिमेको बाटुल लगायतका बासिन्दाले खेालाको फोहोर पानी पिउने गरेका छन् । जगतीपुर कुदुका नरबहादुर बस्नेतले गाउँमा खानेपानी नहुँदा गाउँलेले एक घन्टा हिँडेर भेरी  नदीको पानी ल्याउने गरेकोब ताए । 'वर्षादको समयमा पानी धमिलो देख्दादेख्दै पनि पिउनुपर्ने बाध्यता छ' उनले भने । जिल्लाका ७५ प्रतिशत जनताले स्वच्छ पिउने गरेको खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयको तथ्याँकमा उल्लेख छ । तर उक्त तथ्याँक काजगमा मात्र सीमित भएको नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाह बताउँछन् । उनी भन्छन् 'बढीमा जिल्लाको २० प्रतिशत जनताले मात्र स्वच्छ पानी उपभोग गर्न पाएका छन् ।' यसैबीच अधिकाँश रोग दूषित पानीका कारण सर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाः नेपालगञ्जले जिल्लाका केही गाविसमा गरेको अध्ययनले अधिकाँश मानिसले खोला, नदी, कुवा र अब्यवस्थित धाराको पानी पिउने गरेको उल्लेख छ । खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयबाट पानी शुद्धीकरण र जनचेतना बढाउन खटिएका स्वयंसेवक वीरबहादुर शाही भन्छन 'गाउँले पानी शुद्धीकरणका लागि दिइएको पियूष प्रयोग गर्न मान्दैनन् ।' पियूष हाल्दा पानी गन्हाउने भन्दै गाउँलेले भने अनुसार नगर्ने गरेको शाही बताउँछन् ।
स्रोत : नयाँ पत्रिका, ०६७ असोज २१, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image