Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सरसफाइमा ३५ करोड Print E-mail
Posted by Administrator   
Thursday, 07 October 2010

काठमाडौं : सरसफाई प्रवर्द्धनका लागि नेपालले ग्लोबल स्यानिटेसन फन्ड (जीएसएफ) बाट ५० लाख डलर (करिब ३५ करोड ५० लाख रुपैयाँ) सहयोग प्राप्त गरेको छ । जेनेभास्थित वाटरसप्लाई एन्ड स्यानिटेसन कोल्याव्रेटिभ काउसिन्सलले नेपालको कमजोर सरसफाईको अवस्था सुधार्न जीएसएफ फन्डबाट रकम उपलब्ध गराएको हो ।

जीएसएफ फन्ड, कोल्याब्रेटिभ काउन्सिलले सरसफाईको अवस्था निकै कमजोर भएका मुलुकमा कार्यक्रम सञ्चालनका लागि सहयोग उपलब्ध गराउन स्थापना गरेको फन्ड हो । नेपालले काउन्सिलसामु आफ्नो सरसफाईको वर्तमान अवस्था उजागर गरेर प्रतिस्पर्धामार्फत फन्डबाट रकम प्राप्त गरेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ । यसअघि, सेलेगल र माडागास्करले मात्रै जीएसएफ फन्डबाट सरसफाई प्रवर्द्धनका लागि सहयोग प्राप्त गरेका थिए । प्राप्त रकमबाट भौतिक योजना तथा निर्माण मन्त्रालयमातहत गठित नेसनल को अर्डिसन बढीको निर्देशनमा स्थानीयस्तरमा सरसफाई प्रवर्द्धन कार्यक्रमका लागि खर्च गरिनेछ । जसमा बढी भन्दा बढी जनसख्यामा सरसफाईको पहुँच विस्तार गर्न खुला दिशामूक्त गाविस अभियानलाई सबैभन्दा बढी प्राथमिक्ता दिइएको बताइएको छ । 'सहयोग रकमबाट पाँच वर्ष थप दुइ सय गाविसलाई खुला दिशामुक्त बनाउने सरकारको योजना छ' विभागको वातावरणीय सरसफाई तथा दैवीप्रकोप व्यवस्थापन शहाखाका समाजशास्त्री कमल अधिकारीले बुधबार राजधानीसँग भने 'त्यससँग हात धोएर मात्रै खाना खाने बानी विकास गराउने र स्वास्थ्य समबन्धी जनचेतना विस्तारका कार्यक्रम सञ्चालन गरिन्छ ।' उनका अनुसार नेपालले सरसफाईको छुट्टै शिर्षकमा अन्तराष्टियस्तरको सरसफाई फन्डबाट सहयोग  प्राप्त गरेको यो नै पहिलो हो । हाल नेपालका तीन हजार नौ सय १५ ओटा गाविसमध्ये एक सय भन्दा कम गाविस मात्रै खुला दिशामुक्त गाविस घोषणा भएका छन् ।
नेपाल सरकार र जेनेभाको कोल्याव्रेटिभ काउन्सिलबीच सम्झौतामा हस्ताक्षर भएर यूएन हृयाविटाटमा सहयोग रकम आइसकेको काउन्सिलको सहजकर्ता यूएन हृयाविटाटलवे जनाएको छ । सहयोग रकमबाट सञ्चालन हुने 'राष्ट्रिय सरसफाई कार्यक्रम' बिहीवार एक कार्यक्रमबीच शुभारम्भ हुँदै छ । नेपालले सन २०१७ सम्म सबै नेपालीको पहुँचमा सरसफाईको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्य र सन २०१५ सम्म ५३ प्रतिशतको पहुँचमा सरसफाई सुविधा पुर्याउने सहस्राव्दी लक्ष्य राखे पनि हाल नेपालको झन्डै ५७ प्रतिशत जनसंख्या खुला ठाउँमा दिशा गर्न बाध्य छन् । नेपालले सरसफाईको राष्ट्रिय लक्ष्य पुरा गर्न अहिले खुला ठाउँमा दिसापिसा वगर्ने सबै ५६ दशमलव ९६ प्रतिशत जनसंख्यालाई सात वर्षभित्र सरसफाई सुविधा विस्तार गरिसक्नुपर्ने हुन्छ । जसका लागि प्रत्येक वर्ष थप आठ दशमलज १४ प्रतिशत अर्थात २२ लाख ८३ हजार सात सय ४५ नेपालीलाई सरसफाइको पहूँचमा ल्याउनुपर्छ । यता सहस्राव्दी विकास लक्ष्यका लागि भने अवको पाँच वर्ष बाँकी ९ दशमलब ९६ प्रतिशतलाई सरसफाईको पहुँचमा ल्याउनुपर्छ । खानेपानी तथा ढल निकास विभागले गत वर्षगरेको र्सर्वेक्षणले कुल जनसंखयाको ५६ दशमलव ९६ प्रतिशत सरसफाईको पहँचबाट बाहिर रहेको देखाएको थियो । नेपाल सरकारले सरसफाईको लागि भनेर सन २००८ मा पाँच करोड २००९ मा ६ करोड बजेट विनियोजन गरेको थियो ।
स्रोत : राजधानी दैनिक, ०६७ असोज २१, पेज नं. २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image