Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
फोहोर व्यवस्थापनको जिम्मा हाइड्रो एअर र कस्तुरी ट्रेड लिंकलाई Print E-mail
Posted by Administrator   
Thursday, 07 October 2010

काठमाडौ : सरकारले काठमाडौ उपवत्यकाको फोहोर व्यवस्थापनका लागि संवयुक्त साझेदारीमा रहेको दुइ कम्पनी हाइड्रो एअर टेक्टोनिक्स लिमिटेड भारत र कस्तूरी टे्रड लिँक काठमाडौलाई छनोट गरेको छ । नगरपालिकामार्फत फोहोर व्यवस्थापन गर्दा बारम्बार विवाद र अवरोध भएपछि सरकारले पहिलोपटक राष्ट्रिय र अन्तराष्टिय निजी कम्पनीहरुलाइ उपत्यकाको फोहोर व्यवस्थापन गर्न आहवान गरेको थियो ।

फोहोर व्यवस्थापनका लागि निजीक्षेत्रलाई छनोट गर्न स्थानीय विकास मन्त्रालयले एक वर्षअघि राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा फोहोर व्यवस्थापन सम्बन्धी अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरेको थियो । समिलिते विभिन्न चरण पार गर्दै १८ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीलाई हाइड्रो र कस्तुरीको संयुक्त साझेदारी कम्पनीलाई प्राविधिक र आर्थिक पक्षमा अंक निर्धारण गरी सर्वोत्कृष्ट ठहर गरेको हो । दुवै पक्षमा ६० अंक ल्याउने अन्य सात कम्पनीलाई बैकल्पिक सूचीमा राखेको छ । मन्त्रालयका वातावरण व्यवस्थापन शाखाका प्रमखु विनोदप्रसाद सिँहले समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णय हाइड्रो र कस्तूरीको संयुक्त साझेदारी कम्पनीलाई उपत्यकाको फोहोर व्यवस्थापनका लागि सवोत्कृष्टमा छनोट गरेको जानकारी दिए । उनले बुधवार अन्नपूर्ण ापोष्टसँग भने 'काठमाडौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको लागि अलग अलग ढंगले जिम्मा लिने हैसियतमा यो कम्पनी सर्वोत्कृष्ट भएको हो ।
समितिले काठमाडौ महानगरपालिका र आसपासका नगरोन्मुख गाउँ विकास समितिलाई प्याकेज वान, ललितपुर उपमहानगरपालिका र कीर्तिपुर नगरपालिका र आसपासका नगरोन्मुख गासवसलाई प्याकेज टु र भक्तपुर र मध्यपुर ठिमी नगरपालिका र आसपासका नगरोन्मुख गाविसलाई प्याकेज थ्रीमा विभाजन गरी फोहोर व्यवस्थापनका लागि बोलपत्र आहवान गरेको थियो । सुरुमा आवेदन दिएको १८ मध्ये ११ र दोस्रो चरणमा ११ मध्ये आठवटा निजी कम्पनीको चयनपछि अहिले क्रमश पहिलो, दोस्रो, तेस्रो र वैकल्पिक सूची प्रकाशित गरिएको हो । दोस्रो सूचीमा प्याकेज टु र थ्रीका लागि ग्रिनफिल्ड वेष्ट म्यानेजमेन्ट कम्पनी बीभीजी भारत र केआरवाइएसएस इन्टरनेसनलको संयुक्त साझेदारी छनोटमा परेको छ । यसैगरी प्याकेज वानका लागि तेस्रो सूचीमा कम्प्यूटिकेसन ओवाई इन एसोसिएसन विद पोयेरी बायोस्ट अर्गानिक भिलेज प्रालि परेको छ ।  सरकारले 'बिल्ट अपरेटर ट्रान्सफर मोडेल' अर्न्तर्गत फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिन लागेको हो । छनोटपछि हाइड्रो र कस्तुरीले पेस गरेको एक अर्ब ६० करोड रुपैयाँको ०.१ प्रतिशत अर्थात १६ लाख धरौटी राखिसकेको समितिले जनाएको छ । शाखाप्रमुख सिँहले भने 'अब समझदारी पत्रमा हस्ताक्षर हुन्छ, त्यसपछि उसले पेस गरेको कागजातको स्थलगत मूल्याँकन गरेपछि सबै ठिक भए सम्झौता गरी कामको जिम्मा दिनेछौ ।' उनका अनुसार यसका लागि करिब ६ महिना लाग्नेछ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २१, पेज नं. ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image