Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
विराटनगरको फोहोर व्यवस्थापनका लागि जग्गा खरिद Print E-mail
Posted by Administrator   
Thursday, 07 October 2010

विराटनगर : विराटनगर उपमहानगरपालिकाले क्षेत्रीयस्तरको फोहोर व्यवस्थापन तथा प्रशोधन केनद्रका लागि जग्गा खरिद गरेको छ ।

मोरङको डंग्राह ५ को प्रस्तावित २३ विघा जमिनमध्ये करिब १४ विघा जमिन नगरपालिकाले खरिद गरिसकेको छ । मालपोत कार्यालयमा जग्गाधनीहरुले मंगलबार उपमहानगरपालिकाको नाउँमा रजिस्ट्रेशन पास गरिदिएका छन् । जग्गा खरिदबापत उपमहानगरपालिकाले विभिन्न ११ जना जग्गाधनीका नाममा १५ लाख ७१ हजार ६ सय ८७  रुपैयाँ भुक्तानी दिएको छ । प्रतिविघा सात लाख १० हजार रुपैयाँका दरले नगरपालिकाले उक्त जमिन खरिद गरेको हो । नेपाल तथा फिन्ल्यान्ड सरकारको सहयोगमा निर्माण हुन गइरहेको उक्त प्रशोधन केन्द्र नेपालकै पहिलो अत्याधुनिक फोहोर प्रशोधन केनद्र हुने दाबी गरिएको छ । प्रशोधन केन्द्रको निर्माणकार्य आगामी चार वर्षभत्र सम्पन्न गर्ने योजना छ । जग्गा खरिदका विषयमा एकीकृत माओवादी, तमलोपा र मजदुर किसान पार्टीले बखेडा झिक्दा आयोजना नै तुहिने अवस्थामा पुगेको थियो । योजना तुहिने अवस्थामा पुगेपछि अन्य दलको सहयोगमा नगरपालिकाको यही साउन ३० गतेको निर्णयअनुसार जग्गा खरिद गरेको जनाएको छ । प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले आफ्नो कोषबाट जग्गा खरिद गर्नुपर्ने दायित्व थियो ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले प्रस्तावित २३ विघामध्ये १४ विघा खरिद गरिसकिएको र बाँकी जग्गा चाँडै खरिद गरिसकिने जानकारी दिए । 'जग्गाधनीहरु विदेशमा रहेका र कोही काम विशेषले बाहिर रहेकाले बाँकी जग्गा १५ दिनभित्रमा खरिद गर्नेछौं' कार्यकारी अधिकृत रेग्मीले भने । रेग्मीले जग्गा खरिद प्रक्रियापछि प्रशोधनका संरचनाको निर्माण प्रारम्भ हुने र आयोजना सम्पन्नपछि सुनसरी मोरङका फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन हुने बताए । संयूक्त नाउँमा रहेका जग्गाधनीका लागि मंगलबार नै बैंकमा  रुपैयाँ दाखिला गरिसकिएको तथा एकल नाउँ भएकालाई चेक उपलब्ध गराइएको रेग्मीले बताए । नेपाल सरकारको १५ करोड तथा फिनल्यान्ड सरकारको ४४ करोड रुपैयाँको सहयोगमा उक्त आयोजना निर्माण हुने भएको हो । विराटनगर, धरान, इटहरी र इनरुवाको फोहोर एकै ठाउँमा विर्सजन गरेर उक्त आयोजना मार्फत जैविक मल उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसअघि मोरङको टंकीसिनुवारी गाउँ विकास समिति ३ र ४ मा नगरपालिकाले फोहोरमैला विर्सजनका लागि जग्गा खरिद गरे पनि त्यो जग्गामा सशस्त्र प्रहरीको कंकालिनी गण बसेपछि गृहमन्त्रालयले जग्गा खरिदका लागि नगरपालिकालाई २ करोड रुपैयाँ निकासा गरेको थियो ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २१, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image