Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
फोहोर व्यवस्थापनका लागि घरदैलो कार्यक्रमको तयारी Print E-mail
Posted by Administrator   
Saturday, 09 October 2010

मोरङ : विराटनगर उपमहानगरपालिकाले घरघरबाट निस्कने फोहोरलाई घरभित्र नै व्यवस्थापन गर्न स्थानीय गृहिणी निम्ति 'चेतनामूलक घरदैलो' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरवासीले फोहोरलाई जथाभावी विर्सजन गर्दा भएको समस्यालाई ध्यानमा राखेर उक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत एवं प्रमुख गोपालप्रसाद रेग्मी बताउनुहुन्छ । कार्यकारी अधिकृत रेग्मीका अनुसार उक्त कार्यका निम्ति टोल विकास संसथालगायत स्थानीय संघसंस्थालाइ परिचालन गरिनेछ ।
घरबाट निस्कने फोहोरलाई सडक तथा नालामा लगेर विर्सजन गर्ने प्रवृतिलाई निरुत्साहित गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी भएको उपमहानगरपालिकाले बताएको छ । उपमहानगरपालिकाले उद्योग संगठन र अन्य व्यापार संघहरुको सहयोग र सहकार्यमा औद्योगिक फोहोर व्यवस्थापन र अस्पतालजन्य फोहोरमैला व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने भएको छ । त्यसैगरी उपमहानगरपालिकाले 'वेस्ट इज वेल्थ' भन्ने सोचको साथ नगरको एकीकृत फोहोरमैला व्यवस्थापन न्यूनीकरण, पुनःप्रयोग, पुनचक्र प्रणाली लागू गरी निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनमा प्रोत्साहित गर्ने नीति अघि सारेको कार्यकारी अधिकृत एवं प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ असोज २३, पेज नं. १२

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image