Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
'मेलम्ची निर्धारित समयमै आउँछ' Print E-mail
Posted by Administrator   
Sunday, 10 October 2010

सुन्दरीजल : उपप्रधानमन्त्री एवं भौतिक योजना निर्माणमन्त्री विजयकुमार गच्छदारले निर्धाति समयमै मेलम्चीको पानी काठमाडौ ल्याइने बताएका छन् । सुन्दरीजलमा शनिवार मेलम्ची आयोजनाको सुरुङ निरीक्षण गर्दै गच्छदारले यस्तो दृढता व्यक्त गरेका हुन । 'सुरुङ खन्ने काम निरन्तर चलिरहेको छ अब कसैले शंका नगरे हुन्छ' गच्छदारले भने ।

आयोजनाको सुरुङ महत्वपूर्ण भाग हो । करिब २६ किलोमिटर सुरुङमध्ये अहिलेसम्म दुइ सय ५७ मिटर मात्र खनिएको छ । २०६६ साउन १९ गते प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शिलान्यास गरेका थिए । मेलम्चीबाट आउने पानीलाई राख्नका लागि सुन्दरीजल ७ महाँकालमा दुइ सय ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । जहाँ पानी प्रशोधन गरिनेछ । केन्द्रको टेन्डर केही दिनमा आहवान हुने पन उपप्रधानमन्त्री गच्छदारले जानकारी दिए । उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको आवश्यकता छ तर एक चौथाई पानी मात्र राजधानीमा उपलब्ध भइरहेको छ । सन २०१३ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी राजधानीमा ल्याइनेछ ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २४, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image