Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
गाउँ सफा राख्न घरदैलो अभियान Print E-mail
Posted by Administrator   
Sunday, 10 October 2010

रानीपानी : तपाइंको घरमा चर्पी बनेको छ तर प्रयोग भएको छैन चर्पी गएपछि राम्रोसँग साबुनपानीले हात धुनुभएको छ की छैन अनि खानेपानीको भाँडो छुट्टै राख्नुभएको छ की छैन ।

तपाइंले यति काम गर्नुभएको छैन भने तपाईंका घरमा जुनसुकै बेला सरसफाइसँग सम्बन्धित समितिका सदस्यहरु तपाइंकोमा अनुगमन गर्न आउनेछन् । शुरुमा सिकाउने छन् पछि पनि गर्नुभएन भने कारबाही गर्नसमेत पछि पर्नेछैनन् उनीहरु । दक्षिण पर्वतको रानीपानी गाविसमा चलेको अभियान हो यो। गाविसलाई सरसफाइमा नमुना बनाउन घरघरै पुगेर अनुगमन गर्न थालिएको हो। अहिले घरघरमा समूह बनाएर अनुगमन गर्ने र परिवारलाई चर्पी प्रयोग गर्ने दिसापिसाब गरेपछि हातखुट्टा साबुनपानीले धुने खानेपानीको भाँडो छोपेर राख्ने चर्पीमा दिसा गर्न नसकेमा पाखामा भए माटोले पुर्न सुझाव दिन घरघरै पुगेर सिकाउने गरिएको छ ।
यो गाविसका सबै घरमा चर्पी बनेका छन् भने पूर्ण आनीबानी परिवर्तनसहितको गाविस घोषणा गर्नका लागि यस्तो अभियान चलेको गाउँ स्वास्थ्य समितिका अध्यक्ष गुणबहादुर बिकले बताउनुभयो। गाउँलाई पूर्ण आनीबानी परिवर्तनसहितको गाविस घोषणा गर्नका लागि परिवारका सबै सदस्यमा सरसफाइसम्बन्धी चेतना तथा व्यवहार परिवर्तन गर्न थालिएको हो। -अध्यक्ष बिकले बताउनुभयो । गाउँका ५ सय १७ घरमा चर्पी बनेका छन्। त्यसमा केही पक्की र केही कच्ची रहेका छन्। कच्ची चर्पी बनाएका गाउँलेलाई अनुदान दिएर पनि पक्की चर्पी बनाउन सघाउने कार्यक्रमसमेत छ ।
घर-घरमा चर्पी बनेपछि गाउँलेलाई निक्कै सजिलो पनि भएको छ। झिसमिसेमा उठेर शौचका लागि चउर धाउनुपर्ने बाध्यता हटेको रानीपानी-५ की हरिकला माझीले बताउनुभयो । घर-घरमा चर्पी बनेपछि धेरै सजिलो भएको छ पाखामा मुख छापेर दिसा गर्नु पर्दैन आजभोलि हामीलाई -उहाँले भन्नुभयो। रानीपानीका ५ सय १८ घरधुरीमध्ये अभियान साचालन भएपछि १ सय ९७ घरधुरीले नयाँ चर्पी निर्माण गरेका छन् ।
रानीपानी गाविसमा सरसफाइ अभियान साचालन भएपछि गाउँलेमा स्वास्थ्यसम्बन्धी व्यवहारमा समेत परिर्वतन आएको छ । अहिले चर्पी गएपछि हात धुने खुल्ला ठाउँमा दिसा गरेपछि छोप्ने काम सबैले गर्दै आएको स्वास्थ्य सरसफाइ समितिका सचिव अनिल मास्केले बताउनुभयो। गाउँलेमा धेरै नै परिवर्तन आएको पाएका छौं। -उहाँले भन्नुभयो ।
गाउँलेको बानीमा मात्रै होइन स्वास्थ्य अवस्थामा समेत सुधार आएको छ। अघिल्ला वर्षहरुमा झाडापखाला आउँ टाइफाइड रोग लागे पनि अहिले भने त्यसमा धेरै कमी आएको रानीपानी स्वास्थ्यचौकीकी अनमि अंजु सुनारले बताउनुभयो । दैनिक सयको हाराहारीमा वर्षायाममा बिरामी आए पनि अहिले त्यो संख्या दुई तिहाइले घटेको छ । पानी र सरसफाइजन्य रोगमा धेरै नै कमी आएको छ -उहाँले भन्नुभयो ।
स्रोत : नेपाल समाचारपत्र, ०६७ असोज २४, पेज न ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image