Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी व्यवस्थापनमा दूरदर्शिता Print E-mail
Posted by Administrator   
Monday, 11 October 2010

खानेपानीको कमीले काकाकुल बस्तीमा परिणत हुँदै गइरहेको काठमाडौँ उपत्यकामा तत्कालै पानीको गर्जो टर्ने सङ्केत पाइँदैन । निर्धारित अवधिभित्रै मेलम्ची नदीको पानी काठमाडौँ ल्याइने दाबी सरोकारी निकायको रहे तापनि त्यसको भरपर्दो लक्षण देखिँदैन । मेलम्ची आयोजनाको सर्वाधिक महìवपूर्ण मानिने सुरूङ निर्माणको कार्य छिट्टै पूरा हुनसके सन् २०१३ को अन्त्यसम्ममा पानी ल्याउन नसकिनेचाहिँ होइन तर पोहोर साउन महिनामा थालिएको सुरूङ निर्माणको काम २५७ मिटरमात्रै खनिएको स्थितिले आशङ्का उब्जाउनु स्वाभाविक हो ।

स्मरणीय छ, मेलम्ची आयोजनाका लागि कुल २६ किलोमिटर सुरूङ निर्माण जरुरी रहेको सम्बन्धित निकायको भनाइ छ । कटिबद्ध भई रातारात कार्यान्वयन तहमा उत्रिएका खण्डमा निर्धारित अवधिअगावै मेलम्चीको पानी ल्याउन नसकिने होइन तर यसका लागि उपल्लै स्तरको सङ्कल्प आवश्यक रहेकामा विमति रहँदैन । काठमाडौँवासीले मेलम्चीको पानीको सपना देख्नथालेको अहिले होइन, वर्षौं भइसकेको छ । नारा, भाषण र कार्यक्रममा खूब चर्चामा रहेको मेलम्ची कहिले स्थानीय बासिन्दाको विरोध त कहिले लगानीकर्ताको आˆनै सोच र अडान आदि विविध पक्षका कारण अवरूद्ध तथा विवादास्पदसमेत बन्दै आएको छ । ढिलै भए पनि मेलम्ची ल्याउने तर्खर रहनुलाई सकारात्मक मान्नुपर्छ र तोकिएको समयभित्रै मेलम्चीको पानी ल्याउने कुरो आफैमा सकारात्मक लक्षण हो । काठमाडौँमा जनसङ्ख्यावृद्धिसँगै चर्कंदै गएको खानेपानीको समस्या समाधान गर्न युक्तिसङ्गत उपाय अँगालिएको पाइँदैन । खानेपानीसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तथा योजना खरायोको सिङ बनेको प्रतीत भइरहेको छ ।
दिनहुँ ३२ करोड लिटर पानीको माग रहेको काठमाडौँमा आठ करोड लिटरभन्दा बढी पानी जुट्नसकेको छैन । यस परिपे्रक्ष्यमा मेलम्चीको सपनामात्रै बाँड्नुसट्टा अन्य विकल्पतर्फ पनि पर्याप्त ध्यान पुग्नुपर्छ । मेलम्चीको पानी उपलब्ध हुँदा पनि माग अनुरूप पानी आपूर्ति हुने देखिँदैन । मेलम्चीबाट दैनिक १७ करोड लिटरमात्र पानी उपलब्ध हुने सरोकारी निकायको भनाइ छ । यसकारण खानेपानीको आपूर्ति तथा व्यवस्थापनका दिशामा दूरगामी सोचसाथ सक्रियता अपरिहार्य छ र तत्कालका लागि स्थानीयस्रोतको सक्दो उपयोग गर्नेतर्फ गम्भीर प्रयास अघि बढ्नैपर्छ । जलाशय निर्माण गरी बर्खाको पानी भण्डारण गरेर पनि समस्या कम गर्नसकिन्छ । ढुङ्गेधाराको संरक्षण, संवर्द्धनबाट अर्थपूर्ण परिणाम हासिल हुने कुरामा विवादै रहँदैन । काठमाडौँ उपत्यकाका परम्परागत ढुङ्गेधारा उपेक्षाको सिकार हुनु कदापि ठीक होइन । सरोकारीले चाहिँदो चासो नलिएकै कारण यहाँका कैयन् ढुङ्गेधारा लोप भएका छन् भने कतिपयमा पानी बग्न छाडेको छ । अविरल पानी बगिरहेका कतिपय ढुङ्गेधाराले स्थानीय बासिन्दालाई ठूलो राहत दिएका छन् भने पानी खेर गइरहेको विडम्बना पनि साथमा रहेको छ । काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा ढुङ्गेधारा संरक्षणनिम्ति साझा संयन्त्र बनेको खबर अवश्य पनि सुखद छ । यसलाई सार्थकताको जामा पहिर्याउन सरोकारी सबैको पहलमा भएभरका ढुङ्गेधाराको जगेर्ना हुनु आवश्यक छ । पानीको स्रोत संरक्षण कार्यलाई प्रत्येक स्थानीय निकायले प्राथमिकतामा राख्न पछि पर्नुहुँदैन । काठमाडौँभित्र रहेका पानीका तमाम स्रोतको संरक्षण हुनसके यसले दूरगामी सुप्रभाव पार्ने निश्चित छ । मातातीर्थ, नागार्जुन, फर्पिङ, हात्तीवन, इचङ्गु, गोकर्ण, नगरकोट, साँखु, लेले, बूढानीलकण्ठ, पाटन, गोदावरीलगायत विभिन्न ठाउँमा रहेका पानीको स्रोत जगेर्ना गर्ने कार्यमा स्थानीय जनसहभागिता जुटाउने कार्यलाई सर्वोपरि स्थान दिइनुपर्छ । खानेपानीको महìवबारे जनचेतना जगाई अपेक्षित दिशामा क्रियाशील होइने हो भने निःसन्देह मेलम्ची अलि ढिलै आए पनि काठमाडौँ काकाकुल भइहाल्दैन ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ असोज २४, पेज नँ ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image