Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी योजनामा अवरोध Print E-mail
Posted by Administrator   
Monday, 11 October 2010

अर्घाखाँची : सिँचाइका लागि अभाव हुने भन्दै स्थानीय मूल वरिपरिका वासिन्दाले पानी नदिएपछि खानेपानी योजना सञ्चालन हुनसकेको छैन । जग्गाधनी र उपभोक्ताबीच विवादले तीन वर्षेखि योजना अलपत्र परेको छ ।

जिल्लाको किमडाँडा र अर्घाखाँचिको बिचमा पर्ने घटेखोरिया मुहानबाट धरमपानी गाउँमा ल्याउन लागिएको खानेपानी जग्गाधनी र उपभोक्ताबीचको विवादले काम रोकिएको हो । घटेघोरिया खोलाबाट पानी लगेपछि आफ्ना खेतवारी सिँचाई अभाव भई बाँझै रहने भएकाले पानी लैजान नदिएको स्थानीय बासिन्दाको भनाई छ । दुवै पक्षबीच सहमति हुन नसक्दा घरमपानीका गाउँले खानेपानीबाट बञ्चित भएका छन् । तीन वर्ष वितिसक्दा समेत सम्बन्धित निकायले चासो दिएको छैन । मुहानदेखि करिब ६ किलोमिटर टाढाबाट ल्याउन लागिएको खानेपानी योजनाको कम बेवारिसे अवस्थामा रोकिएको उपभोक्ताको गुनासो छ । गाउँमा २४ धारा जडान गर्ने लक्ष्य राखिएको थियो । उपभोक्ता र जग्गाधनीबीचको वीवाद बढदै गएपछि खानेपानीमै राजनीतिकरण भएपछि झनै संकट भएको छ । जिल्लास्थित दलीय संरचनाबाट समस्याको समाधान गर्न चासो दिईएको छ । विश्व बैंकको ३३ लाख रुपियाँको सहयोगमा ग्रामीण विकास तथा स्वावलम्बन केन्द्रले सञ्चालन गरेको योजना विवादले काम रोकिँदा करिब २० लाख रुपियाँ वरावरको सामान नष्ट भएको संयोजक रामजी भट्टर्राईले बताउनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ असोज २५, पेज नं. १३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image