Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
अधिकांश घर शौचालयविहीन Print E-mail
Posted by Administrator   
Monday, 11 October 2010

काभ्रे : सरकारले सन् २०१७ भित्र नेपाललाईनै र जिल्ला विकास समिति काभ्रेले सन् २०१५ भित्र काभ्रेलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने लक्ष्य राखेको छ । सरकारी निकाय र विभिन्न गैह्रसरकारी निकायले सरसफाई अभियानको रूपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि भन्दै महंगा होटेलमा गोष्ठी र सेमीनार तथा राजधानी काठमाण्डौमा विभिन्न कार्यक्रम लाखौ रूपैयाँ खर्चेर गरिरहेका पनि छन् तर काभ्रेको देवीटार गाविसका अधिकांश घरधुरीमा शौचालय छैन ।

जिल्ला सदरमुकाम धुलिखेलबाट जम्मा ६ किलोमिटर र राजधानी काठमाण्डौबाट ३० किलोमिटर नजिकै रहेको उक्त देवीटार गाविसको अधिकांश घरमा शौचालय छैन भन्दा धेरैलाई पत्यार लाग्दैन तर यथार्थता यही छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्यांकमा देवीटार गाविसका ४ सय ५८ घरधुरीमध्ये ४२ घरधुरीमा मात्र शौचालय छ । जुन काभ्रेका ८७ गाविस र तीन नगरपालिकामध्ये सबैभन्दा कम अर्थात ९. २ प्रतिशत मात्र शौचालय बनाउने गाउँ देवीटार हो । अझ उपस्वास्थ्य चौकी देवीटारका अनुसार त गाविसभरि जम्मा ३० घरधुरीमा मात्र शौचालय छ । 'काभ्रेको सबैभन्दा कम शौचालय भएको गाविसनै देवीटार हो, बरु काभ्रेका विकट भनेर चिनिने डाँडापारी, कोशीपारीमा बढी शौचालय छन्, ४५८ घरधुरीमा जम्मा ४२ घरधुरीमा मात्र शौचालय छ ।'-खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका प्रमुख मनोज घिमिरेले कम शौचालय भएको स्वीकार्दै थपे-'हामी अब देवीटार गाविसलाई फोकस गरेर शौचालय बनाउने अभियान सञ्चालन गर्र्छौ, यस्तो हुनु खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियानका लागि बाधक हो ।' स्थानीय विकास अधिकारी मेघनाथ काफ्ले पनि अब सरकारी निकायको ध्यान देवीटारतर्फजाने बताउँछन् ।
विश्वकै प्रसिद्ध क्षेत्र नगरकोटको मुनि र धुलिखेलबाट देखिने उक्त गाउँमा अशिक्षा, जनचेतनाको कमी, आर्थिक अभाव तथा सरकारी र गैह्रसरकारी निकायले यसतर्फध्यान नदिँदा शौचालय बन्न नसकेको हो । शौचालय नहुँदा यहाँका बासिन्दा खुल्ला तथा र्सार्वजनिक ठाउँमा दिशापिशाब गर्छन । जसको कारण जताततै फोहोर भेटिन्छ । 'शौचालय बनाउने रहर त छनि तर के गर्नु पैसा छैन, धुलिखेलबाट यति नजिक छ, कोही सहयोग गर्न पनि आउँदैन ।'- देवीटार गाविस-७ की मनकुमारी लामाले गुनासो गरिन् । सरकारी र गैह्रसरकारी निकायले आफ्नो गाविसलाई पुरै हेला गरेको पुर्व गाविस अध्यक्ष पूर्णबहादुर तामाङको गुनासो छ । 'अशिक्षित गाउँले र शक्ति नभएर होला कुनै सरकारी र गैह्रसरकारी निकायले वास्ता गरेन, एकदम कम व्यक्तिले मात्र शौचालय बनाएका छन्, शौचालय बनाउन पैसा छैन ।'-पर्ुव गाविस अध्यक्ष तामाङले भने । तामाङको भने शौचालय छ, उनी स्थानीय लो गाउँका शौचालय बनाउने पहिलो र एक मात्र व्यक्ति हुन् ।
देवीटार गाविसका अधिकांश बासिन्दाको मात्र होइन, स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उपस्वास्थ्य चौकी र स्थानीय देवीस्थान निमाविको पनि शौचालय छैन । उपस्वास्थ्य चौकी र विद्यालय वरिपरि फोहोर र दुर्गन्ध छ । उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता भवानीप्रसाद धिताल र विद्यालयका प्रअ देवप्रसाद कोइराला शौचालय नभएको स्वीकार्छन र छिट्टै बनाउन लागेको जानकारी दिन्छन् । कम मात्र शीक्षित भएको गाउँमा विद्यालय र उपस्वास्थ्य चौकीमा समेत शौचालय नभएपछि धेरैले विद्यालय र उपस्वास्थ्यचौकीमा त शौचालय छैन भने हामीले किन बनाउनुपर्यो भनेर उत्तर दिने पनि गरेका छन् । 'उपस्वास्थ्य चौकी त छैन, हाम्रो घरमा कसरी बन्नु ।'-महिला स्वयंसेविका माइली तामाङ भन्छिन् । अनमि सुन्तली वाइवा भने उपस्वास्थ्य चौकीमा शौचालय नभएपनि आफूहरूले बनाउनका लागि जनचेतना जगाएको दाबी गर्छिन  ।
स्रोत : राजधानि दैनिक, २०६७  असोज  २५, पेज नँ 4 

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image