Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
इटहरी नगरको सरसफाई Print E-mail
Posted by Administrator   
Tuesday, 12 October 2010

इटहरी : नेपाल पर्यटन वर्षर दसैतिहार तथा छठ पर्वका अवसरमा यटहरीवासीले सोमाबारदेखि नगर सरसफाई अभियान सुरु गरेका छन् ।

इटहरीको मुख्य बजारक्षेत्रको चारैतफएका स्थानीयवासीको अग्रसरतामा सोमबार विहानैदेखि नगर सरसफाई अभियान प्रारम्भ गरिएको थियो । नगर सरसफाईको क्रममा नगरवासीले मूख्य बजारको चारैतर्फो बजारको सरसफाई गरे । केटाकेटी, युवा, बुढापाका, गृहणी लगायत सबै उमेर समूहका स्थानीयवासीको नगर सरसफाई कार्यक्रममा उल्लेख्य सहभागिता थियो । सबैजना हातमा कुटो, कोदालो, झाडु, खरेटो बोकेर सरसफाईमा जुटेका थिए । नगरक्षेत्रका सबै राजनीतिक दलका नेताकार्यकर्ता, उद्यागी, व्यापरी, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, क्लबका प्रतिनिधि, टोल विकास संस्थाका, प्रतिनिधि, नेपाली सेना, सशस्त्र र जनपद प्रहरीलगायतको सरसफाई कार्यक्रममा उपस्थिति थियो ।
सरसफाई कार्यक्रममा दुइ सय सैनिक, एक सय २५ सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट केही प्रहरीको समेत सहभागिता रहेको नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले बताए । उनका अनुसार नेपाल पर्यटन वर्षसफल पार्न र इटहरी आउनेपर्यटकलाई आर्कषित गर्न सरसफाई अभियानको सुरुआत गरिएको हो । 'दशैतिहार र छठसमेत परेकोले सरसफाईको झनै आवश्यकता भयो' उनले भने 'यो अभियानको सुरुआतमात्र हो, पर्यटक वर्षभरि आफ्नो नगर सफा राखेर पर्यटकलाई आकषिर्त गर्नू सबैको कर्तव्य हुनुपर्छ ।' चारैतर्फबाट नगरको सरसफाई गर्दै आएको समूह इटहरीको मूख्य चोकमा पुगेर एकीकृत भाएको थियो । सो क्रममा नगरक्षेत्रका अगुवाले चाडपर्व वा कुनै विशेष पर्वको अवसरमा मात्र नभई सधैभरि सहर सफा राखिराख्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सफा राखेमात्र नगरको इज्जत, प्रतिष्ठा र आकर्षा बढने भन्दै घरवरपरका ठाउँलाई सधै सफा राख्न स्थानीयवासीलाई आहृवान गरेका थिए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ असोज २६, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image