पानी नहुँदा २० परिवार विस्थापित
Posted by Administrator   
Wednesday, 17 November 2010

स्याङजा : पिउनका साथै वस्तुभाउ र बालीनालीका लागि पान निभएपछि यहाँका २० परिवार विस्थापित भएका छन् ।

खेती गर्न मलिलो माटो भए पनि सिँचाई समस्याले आत्तिएर छाङछाङ दी गाविस ४ मंसाङकोटका ती पानी अभावकै कारण गाउँबाट बुटवल झर्ने क्रम बढेको हो । 'उव्जनी हुने बारी नै सुख्खा भएपछि मेरो पाँच छोरा अरबतिर लागेका छन्' स्थानीय तेजप्रसाद काफ्लेले नागरिकसँग भने 'छोराहरु दुवई र कतार गएपछि बृद्ध दमपती नातिनातिना हेरेर बसेका छौं ।' मानिसले समेत खानेपानी नपाउने ठाउँमा गाईभैसी पाल्नु र खेती गर्नु अर्को महाभारत भएको उनले दुःखेसो पोखे । 'पानी हुँदा वर्षो लाखौका तरकारी उत्पादन हुने बारी बाँझो छ' उनले भने 'बुढाबुढीले दुइ रोपनी बारी जेनतेन खनीखनी गुजारा चलाएका छौं ।'
खेती किसानीका लागि पानी हुने हो भने आफ्ना छोराहरु एकदिन पनि विदेश नबस्ने उनले बताए । 'गाउँको खोल्सामा जमाएको पानी बोकेर तरकारी खेती गरेर वर्षमै ३, ४ लाख रुपैयाँ कमाउँथ्यौ' उनले भने 'अहिले खाडीमा खाएर महिनाको ४, ५ हजार रुपैयाँ पनि जोगाउन सकेका छैनन ।' गाउँका ३८ घरधुरीले आकाशे पानी जम्मा गर्न गाउँमै खनेको पोखरीसमेत मंसिरमै सूक्न थालेको छ । आठ वर्षअघि ३ लाख ११ हजार रुपैयाँमा निर्मित पोखरी ३ लाख ११ हजार लिटर क्षमताको छ तर पानी चुहिएर ६ महिनामै रित्तिने गरेको छ । गाविसले ५० हजार र जिल्ला कृषि विकास कार्यालयबाट थप ५० हजार मागेर पोखरी मर्मत गर्ने गाउँलेको योजना छ ।
'खानेपानीका लागि दैनिक दुइ घन्टाको बाटो हिँडनुपर्छ' अर्को किसान गोपाल काफ्लेले नागरिकसँग भने 'त्यहाँ पनि घन्टौ नकुरी पालो पाइदैन ।' गाउँमा पान निभएर कैयौ दिन एक छाक मात्र खानुपर्ने केटाकेटी भोकभोकै स्कुल जानुपर्ने, पानी लिन गएका केटाकेटी दिनभर पनि घर नआइपुग्ने समस्या छ । 'हामी किसानको बाँच्ने आधारनै यही पोखरी हो' स्थानीय लीलाबल्लभ काफ्लेले भने 'यो पोखरी पनि सुक्यो भने सिँगो गाउँ विस्थापित हुने अवस्था आउँछ ।
स्रोत : नागरीक दैनिक, ०६७ मंसिर १, पेज नं. ८