हात धोएर भाषण
Posted by Administrator   
Saturday, 20 November 2010

भक्तपुर : भाषण गर्नुअघि स्वास्थ्य मनत्री उमाकान्त चौधरी सरासर मञ्चमै रोखको पानीको जारतिर अघि बढे । मन्त्रिपरिषद बैठकमा जान हतारिएका उनले पहिले नै बोल्न अनुमति मागिरहेका थिए । उनकै आग्रह अनुसार कार्यक्रम आयोजकले त्यो अवसर दिए । उनले भाषण नगरी हात धुन मञ्चबाट भुइँमा ओर्ले ।

उनी ओर्लेपछि धरेले अनुमान गरे 'हतारिएका मन्त्री भाषण नै नगरी जाने भए ।' कुरो त्यसो थिएन । उनी जारनिर पुगेपछि छेवैको साबुन लिएर हात धुन लागे । त्यसपछि माइकअघि उभिएका मन्त्री चौधरी सदाबहार शैलीमा बोले 'दिसापिसाव गरेपछि बच्चको दिसा सफा गरेपछि खाना बनाउनुअघि, खाना खानुअघि र फोहोरमैला छोएपछि मिचिमिचि हात धुनुपर्छ ।' उनका अनुसार नियमित हात धोए बालमृत्युदर ४५ प्रतिशत घटन सक्छ । त्यसका लागि विद्यालयका बालबालिका अभिभावक शिक्षक, भेलादेखि नै सचेतना सिकाउनुपर्छ । विश्व हात धुने दिवस युनिसेफ र वाटरएडको सहयोगमा स्वास्थय तथा जनसंख्या शिक्षा, स्थानीय विकास, भौतिक तथा निर्माण मनत्रालयद्वारा आयोजना गरेको थियो । तथ्याँक अनुसार नेपालमा प्रत्येक वर्षझाडापखलासँग सम्बन्धित रोगबाट पाँच वर्षमुनिको १० हजारभन्दा बढी बालबालिकाको अकालमा मृत्यु हुने गरेको छ । सही तरिकाले हात धोए ४० प्रतिशत झाडापखलाजन्य रोग न्यूनिकरण गर्न सकिने उनीहरुको सुझाव थियो । नेपाल स्वास्थ्य तथा जनसंख्यिक सर्वेक्षण २००६ का अनुसार सहरी क्षेत्रका महिलामा प्रत्येक पाँचमध्ये चार जनाले साबुनपानीले हात धुने गरेका छन् । ग्रामीण क्षेत्रको प्रत्येक पाँचमध्ये तीन जनाले मात्र साबुनपानीले हात धुन्छन् । अशिक्षित ग्रामीण महिलामध्ये ३८ प्रतिशत साबुनपानीले हात नधुने तथ्याँकमा उल्लेख छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ मंसिर ४, पेज नं ४