फोहोरको केन्द्र बन्न थाल्यो नगरकोट
Posted by Administrator   
Monday, 29 November 2010

भक्तपुर : पर्यटकीय थलोका रुपमा प्रसिद्ध नगरकोटमा फोहोर व्यवस्थापन नहुँदा पर्यटक नाक खुम्च्याएर घुम्न बाध्य छन् । काठमाडौबाट करिब ३५ र भक्तपुरबाट २० किलोटिर उत्तरपूर्व पर्ने नगरकोटमा फोहोर व्यवस्थापन कसले गर्ने ? भन्ने अन्योलकै कारण त्यसको मार पर्यटनमा परेको छ ।

होटलको फोहोर व्यवसायीहरुले नै व्यवस्थापन गर्दै आएका छन् तर पर्यटकले फालेको फोहोर व्यवस्थापन हुन नसक्दा नगरकोट प्रदूषणको चपेटामा परेको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ । स्थानीयहरुले होटल व्यवसायीको लापरबाही र भीरपाखामा फोहोर फाल्ने गरेकाले प्रदूषण बढेको आरोप लगाएका छन् । होटलमार्गमा फोहोर नदेखिएव पनि भ्युटावरवरपर र वनमा फालिइने फोहोरले विकराल रुप लिएको छ । स्थानीय र होटल व्यवसायी जंगलमा आउने जोडीका कारण पनि प्रदूषण बढेको बताउँछन् । जंगलमा डेटिङ आउने युवायुवतीले ड्राइफुड ल्याउने प्लाष्टिक तथा फोहोर जथाभावी फल्ने गरेकाले प्रदलूषण हुन थप सहयोग पुगेको हो । यसैगरी नगरकोटमा पिकनिक मनाउन आउने संख्या पनि अत्यधिक छ तर पिकनिक मनाउन आउनेले फोहोर नउठाउनाले फोहोर बढेको नगरकोट नालदुम पर्यटन विकास समिति सचिव दीपक लामिछानेले बताए । फोहोर व्यवस्थापनका लागि गाविससँग बजेट नभएकाले समस्या आएको लामिछानेले जनाए । नाल्दुम बालुवापाटीतिर खासै  जंगल छैन उनले भने भक्तपुरमा पर्ने नगरकोटका जंगलतिर फोहोर फालिने हुनाले समस्या आएको हो । उनका अनुसार नगरकोटका होटलको आम्दानी काभ्रेको नाल्दुम र वालुवापाटी गाविसलाई नै जान्छ ।
नाल्दुम पर्यटन विकास समिलिते बेला बेला सरसफाई गरे पनि समस्या समाधान हुन नसकेको होटल व्यवसायी बद्रीप्रसाद माकले बताए । एक पटक सरसफाई गर्दा पाँच ट्रक फोहोर संकलन हुन्छ उनले भने । नगरकोटमा फोहोर न्यूनीकरण र होटलका फोहोर व्यवस्थापन गर्न पर्यटन व्यवसायी अग्रसर नभएको होइन । समितिले फोहोर व्यवस्थापनमा स्थानीय कुसुम सामुदायिक वन उपभोक्ता समितिसँग पाँच रोपनी जग्गा लिएको छ । समितिले सुरुमा होटलका फोहोर संकलन गरी कम्पोष्ट मल उत्पादन गर्ने योजना अगाडि सारेको थियो । आर्थिक स्रोतका लागि होटलले वियरका सिसी समितिलाई निःशुल्क दिनुपर्ने नियम बनाएको समिति सचिव धनबहादुर लामाले जनाए । कम्पोष्ट मल उत्पादनपछि होटललाई महँगो र स्थानीय कृषकलाई सस्तोमा मल बेच्ने योजना रहेको समतिले जनाएको छ । समितिले एक वर्षअघि सरसफाई गर्दा १८ हजारओटा वियरका सिसी संकलन गरिसकेकावे छ जसको बिक्रीबाट ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
स्रोत : राजधानी दैनिक, ०६७ मंसिर १३, पेज नं २