| भारपाङ बन्यो खुला दिसामुक्त क्षेत्र |
| Posted by Administrator | |
| Friday, 17 December 2010 | |
|
धादिङ : धादिङ जिल्लाको जोगिमारा ७ भारपाङलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । सामुदायस्तरको सरसफाईको अवस्था अत्यनतै न्यून रहेको जोगिमाराको वितेश, भारपाङ, झिल्टुङ, दुवालिङ, थानसिँह, सिदमराङ र धुसराङको ८४ घरमा शौचालयको निर्माण भई प्रयोगमा आउन थालेपछि सिँगो वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । नेवार चेपाङ र मगर समुदायको बसोवास रहको जोगिमारा गाविसको वडा नम्बर ७ का सबै घरमा शौचालय बनाउन गैररकारी संस्था शान्ति नेपाल र सरसफाई प्रवर्द्धन मुल समिति जोगिमाराले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको हो । सन २०१५ सम्ममा गाउँ वस्तीलाई खुला दिसामक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अनतर्गत जोगिमारार गाविसका सबै गाउँमा घरघरमा चर्पीको निर्माण अभियान सुरु गरिएको शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता दुर्गानारायण श्रेष्ठ बताउँछन् । अभियान अनतर्गत वडा नम्वर ४ र ७ लाई पूर्णरुपमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ भने वडा नम्वर १, २ र ३ मा अहिलेसम्म तीन सय ५० घरमा चर्पी निर्माण गरिसकिएको स्वास्थ्य सहजकर्ता श्रेष्ठले बताए । अभियान अनतर्गत जोगिमारा गाविसमा इकोसान चर्पीको निर्माणकार्यलाई पनि अगाडि बढाइएको छ । दिसा र पिसावलाई फरकफरक ठाउँमा जम्मा हुने इकोसान चर्पीको निर्माणपछि पिसावलाई युरिया मलका रुपमा प्रयोग गरी गाउँमा रासायनिक मल न्यूनिकरण अभियान सुरु गरिएको श्रेष्ठको भनाई छ । |