| लुम्बिनी विकास कोष क्षेत्र दुर्गन्धित |
| Posted by Administrator | |
| Tuesday, 28 December 2010 | |
|
भैरहवा : लुम्बिनी विकाष कोषभित्र सार्वजनिक शौचालय नहुँदा कोष क्षेत्र दुर्गन्धित र प्रदूषित भएको छ । विकास कोषले सबै क्षेत्रमा शौचालयको व्यवस्था नगरेकाले त्यहाँ घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटक खुला रूपमा दिसा-पिसाब गर्छन् । विकास कोषले लुम्बिनीको मायादेवी मन्दिरअगाडिपट्ट िमात्रै शौचालय बनाएको छ । कोषको ११ सय बिघा क्षेत्रफलको अन्य कुनै पनि ठाउँमा शौचालय छैन । गौतमबुद्धको जन्मस्थल भनेर घुम्न जाने ठाउँमा सार्वजनिक शौचालय नहुँदा समस्या परेको भैरहवाबाट लुम्बिनी घुम्न गएका नरेश केसीले बताए । 'यहाँ घुम्न आउने मानिसबाट लिने शुल्कले नै शौचालय निर्माण गर्न सकिन्थ्यो,' उनले भने । लुम्बिनी विकास कोषले लुम्बिनीमा वनभोजका लागि जाने समूहसँग शुल्क उठाउने गर्छ । तर, कोषले लिने शुल्कबाट त्यहाँ कुनै सरसफाइ नगरिने गरेको गुनासो आगन्तुकको छ । बर्दियाबाट घुम्न र वनभोजका लागि आएका श्याम ज्ञवालीले विकास कोषले शुल्क लिए पनि पकाउने ठाउँमा दिसा-पिसाब गर्दा पनि कोषले सरसफाइका लागि ध्यान नदिएको बताए । 'खाना पकाउने ठाउँ पनि व्यवस्थित छैन । जताततै फोहोर छ । पैसा लिएपछि त सफाइमा पनि ध्यान दिनुपर्ने हो नि !' उनले भने । |