| सोडिस विधि पानी शुद्धीकरणको अचुक उपाय |
| Posted by Administrator | |
| Friday, 08 April 2011 | |
|
काठमाडौ : पारदर्शी प्लाष्टिकको बोतलमा सोडिस विधिबाट शुद्धीकरण गरिएको पिउने पानी स्वास्थ्यका दृष्टिबाट सुरक्षित रहेको एक अध्ययनले जनाएको छ । इवागा र डम्पाका बैज्ञानिकहरुले नेपाल होन्डुरसका विभिन्न समुदायमा गरेको अध्ययनले सोडिस गरिएको पानीको गुणस्तरको कुनै प्रकारको नकारात्मक रासायनिक प्रभाव नपार्ने पुष्टि गरेको छ । इवागाका सोडिस महाप्रबन्धक रेगुला मेयरहोफरले कतिपय अवस्थामा सोडिस गरिएको पानीमा पनि विभन्न माध्यमबाट रासायन मिसिन सक्ने सम्भावना रहेको जानकारी दिँदै त्यसको नकारात्मक परिमाण भने विश्व स्वास्थ्य संगठनको खानेपानी गुणस्तरको मापदण्डमा उल्लेख गरेको भन्दा निक्कै कम हुने बताउनुभयो । बिहीवार आयोजीत पत्रकार सम्मेलनमा पानी सोडिस गर्न पयोग गरिने बोतलमा डाई इथाइल हेक्जाइल एडिपेट र हाड इथाइल हेक्जाइल्फथालेट जस्ता हानिकारक रसायन नभेटिएको र ती रसायन पी.भी.सी. का प्लास्टिक सामग्री निर्माणका लागि मात्र प्रयोग गरिने जानकारी दिइएको थियो । नेपालमा अझै पनि सर्वसाधारणमा बोतलमा सोडिस गरिएको पानीमा प्लास्टिकबाट निस्कने रसायन मिसिएको भन्ने भ्रम विद्यामान रहेका कारण सोडिस विधि पानी शुद्धीकरण गर्ने अन्य विधि जस्तो प्रभावकारी प्रयोग हुन नसकेको वातावरण र जनस्वास्थ्य संस्थाको वरिष्ठ कार्यक्रम अधिकृत विजु डंगोलले जानकारी दिनुभयो । वरिष्ठ अधिकृत डंगोलले आशङ्काका कारण घरेलु स्तरमा पानी शुद्धीकरण गर्ने सोडिस विधि सरल, कम खर्चिलो र प्रभावकारी भए पनि अपेक्षित प्रयोग हुन नसकेको जानकारी दिँदै हालैको यस अध्ययनले सर्वसाधारणको मनमा रहेको सोडिस विधिप्रतिको भ्रम हटाउने विश्वास व्यक्त गर्नुभयो । |