दुइ सय परिवारको काकाकुलको नियति हट्यो
Posted by Administrator   
Friday, 15 April 2011

पर्वत : विगतका दिनमा पानीको अभावमा  काकाकुलको नियति भोग्न बाध्य पर्वतको एक गाँउमा झन्डैं २ सय घरपरिवार पानीको समस्याबाट मुक्त भएका छन् । पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना र जिविस पर्वतको सहयोगमा रानीपानी गाविसका ६ वटा योजना सम्पन्न भएपछि १ सय ९६ घरपरिवारले पानीका लागि घन्टौं हिँड्नुपथ्र्यो, घन्टौं लाइन लगाउनुपथ्र्यो, त्यसबाट अब मुक्त

भएका छौं स्थानिय दिलबहादुर विश्वकर्माले भने विगतका खानेपानी समस्याले साँच्चिकै काकाकुलको नियति भोग्न बाध्य थियौं । निर्माण सम्पन्न भएका आयोजनामध्ये झौरीखोलाबाट ६६ परिवार, ठूलाचौरबाट २६ परिवार, असुराबोटबाट १९ परिवार, लेाहोसेबाट आठ परिवार, इमिचौरबाट २६ परिवार र भुल्केचौरबाट ५१ परिवार लाभन्वित भएको प्राविधिक सहयोगी संस्था सेक्रेटका हुमाकान्त शर्माले जानकारी दिनुभयो । रानीपोखरी गाविसका वडा न. ५, ७ र ८ मा ६ वटा निर्माणसम्पन्न खानेपानी योजनाको स्थानिय विकास अधिकारी नरहरि बराल र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना पोखराका प्रमुख प्राविधिक सल्लाहकार आर्तो सोमिनेनले संयुक्त रुपमा उद्घघाटन गर्नुभयो । उहाँहरूले योजनालाई दीर्घकालीन बनाउने जिम्मा उपभोक्ताकै भएकाले संरक्षण गर्न आग्रह गर्नुभएको थियो ।
स्रोत : नेपालसमाचारपत्र ०६८ बैशाख २, पेज न ८