ढुङ्गेधारा संरक्षण
Posted by Administrator   
Thursday, 07 October 2010

ढुङ्गेधारा संरक्षणका लागि महानगरपालिकाको संयोजनमा आठ सदस्यीय साझा संयन्त्र गठन भएको थाहा भयो । संयन्त्रमा महानगरपालिकाका अतिरिक्त सरकारी नियकाका तर्फाट ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र पुरातत्व विभाग आदिको सहभागिता रहेछ ।

सन २००७ को ढुङ्गेधारा संरक्षण सम्बन्धी १२ बुँदे घोषणापत्र पालना गर्न र सन् २०१० को ढुङ्गेधारा संरक्षण कार्य योजना कार्यान्वयन गर्न संयन्त्र गठन गरिनु जरुरी थियो । यस आर्थिक वर्ष ढुङ्गेधारा तथा मुहान संरक्षणका लागि दुइ करोड बजेट विनियोजन समेत गरिएको रहेछ । उपत्यकामा कुल तीन सय ८९ ढुङ्गेधारा रहेको २००६ को एक अध्ययनले देखाएको छ । जसमध्ये काठमाडौमा एक सय ६५, ललितपुरमा ६१, भक्तपुरमा ८७, मध्यपुर ठिमीमा ६५ र कीर्तिपुरमा ११ ओटा छन् । ती ढुङ्गेधारा मध्ये ६८ सुकिसकेको र ४५ ओटा नष्ट भइसकेका छन् । हाल दुइ सय ३३ ढुङ्गेधारा मात्रै प्राकृति अवस्थामा रहेको सो अध्ययनले देखाएको छ । त्यसैले पनि संरक्षणतर्फ यो यात्रा स्वागतयोग्य छ ।
-कविता शर्मा, काठमाडौ
स्रोत : राजधानी दैनिक, ०६७ असोज २१, पेज नं. ७