Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
नागरिक्ता बनाउन शौचालय अनिवार्य Print E-mail
Posted by Administrator   
Monday, 02 May 2011

सुनसरी : तपाई नागरिकता वा पासपोर्ट बनाउदै हुनुहुन्छ ? या कुनै पार्टीमा नयाँ सदस्य लिँदै हुनुहुन्छ ? यसका लागि तपाईको घरमा शौचालय अनिवार्य हुनुपर्छ । यदि, घर बनाएर पनि शौचालय बनाउनुभएको छैन भने तपाईले नागरिकता र पासपोर्ट दुवै बनाउन पाउनुहुन्न । पार्टीसदस्यता लिन वा नवीकरण गर्न पनि पाउनुहुन्न ।

जिल्लालाई पाँच वर्ष खुला दिसामुक्त क्षेत्र बनाउने अभियान अर्न्तगत जिल्लाको सर्वपक्षीय पहलमा बनाइएको कार्ययोजनामा यस्तो नियम बनाइएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीको पहलमा जिल्लाका सरोकारवालाहरुले यस्तो नियम बनाएका हुन् । पाँचवर्षे रणनीतिक कार्ययोजना जिल्लाका प्रमुख राजनीतिक दल, सरकारी कार्यालय, गाविस कार्यालय, गैरसरकारी संघसंस्था, जिविस, जिल्ला प्रशासन कार्यालय लगायत प्रमुख तथा प्रतिनिधिहरुले सो कार्ययोजनामा हस्ताक्षर पनि गरेका छन् । कार्ययोजनामा गाविस तथा नगरपालिकालाई चर्पी भएको घरलाई मात्र नागरिकता पासपोर्ट बनाउन तथा अनय प्रकारका सिफारिस गर्ने उल्लेख छ । यस्तै, दलहरुले पनि पार्टि सदस्यता र नवीकरणका लागि पनि चर्पी अनिवार्य गर्ने भएका छन् । नभएकाहरुलाई समय तोकेर चर्पी बनाउने प्रतिवद्धता गराइने भएको छ । यसैगरी नगरपालिकाको हकमा घरको नक्सापास गर्दा नै चर्पी अनिवार्य रुपमा राख्ने नियम पनि बनाईएको छ । यस्तै जिल्ला शिक्षा कार्यालय सुनसरीले पनि घरमा चर्पी हुने विद्यार्थीलाई कक्षा ९ सम्मको अन्तिम परीक्षामा प्रयोगात्मक अंकका रुपमा १० अंक जोडन परिपत्र गर्ने र घरमा चर्पी भएका विद्यार्थीलाई प्रोत्साहित गर्ने भएको छ । विद्यालय, स्रोतकेन्द्र लगायत सम्पूर्ण शिक्षक, शिक्षिका, विद्यालय निरीक्षकको घरमा अनिवार्य चर्पी बनाउन जिल्ला शिक्षा कार्यालयले परिपत्र गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका सवै कार्यालय र सरोकारवालालाई निर्देशन दिने भएको छ । यस्तै कार्यालयमा आउने सेवाग्राहीलाई चर्पीबारे जानकारी दने भएको छ । ०६७ सम्ममा सुनसरी जिल्लाको कुल जनसंख्याको ५२ प्रतिशतको मात्र चर्पीमा पहुँच उपलब्ध छ । बाँकी ४८ प्रतिशत अझै पनि चर्पीको पहुँचभन्दा टाढै रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीले जनाएको छ ।
स्रोत : नयाँ पत्रिका दैनिक, ०६८ बैशाख १९, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image