Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी व्यवस्थित गर्ने केयूकेएल आफै अस्तव्यस्त Print E-mail
Posted by Administrator   
Wednesday, 04 May 2011

काठमाडौं : उपत्यकामा खानेपानी व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आफै अस्तव्यस्त भएको छ । केयूकेएलमा अध्यक्ष र प्रबन्धनिर्देशक नभएका कारण दैनिक कार्यमा असर परेको छ ।

केयूकेएल सञ्चालक समितिका अध्यक्ष ध्रुवबहादुर प्रधानको पदावधि गत ४ गते सकिएको थियो । एकीकृत माओवादी निकट कर्मचारीको दबाबमा केयूकेएलका प्रवन्धनिर्देशक रुद्र गौतमले एक साताअघि राजीनामा दिएका थिए । अध्यक्ष तथा प्रबन्धनिर्देशक नियुक्तिका लागि हालसम्म प्रक्रिया अघि बढाइएको छैन । केयूकेएल आफै समस्यामा अल्झिएकाले खानेपानी व्यवस्थापन र वितरणमा असर परेको छ । केयूकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यले भने 'प्रबन्धनिर्देशक नहुँदा दैनिक काममै समस्या छ ।' सञ्चालक समितिका सदस्यमध्येबाट प्रवन्धनिर्देशक चुनिने व्यवस्था छ । सात सदस्यीय सञ्चालक समितिमा अध्यक्ष र अन्य तीन पद रिक्त छन् । समितिका सदस्य कमलेशकुमार अग्रवाल र ससिन जोशीको कार्यकाल पनि सकिएको छ ।
उपत्यकामा खानेपानीको दैनिक माग ३२ करोड लिटर हाराहारीमा छ तर केयूकेलले मागको एक चौथाई मात्रै पानी वितरण गर्न सकेको छ । केयूकेएलमा सरकारको ३० प्रतिशत, काठमाडौ महानगरपालिकाको ३० प्रतिशत, ललितपुर उपमहागनरपालिकाको १० प्रतिशत तथा भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिकाको १० प्रतिशत सेयर छ । साथै नेपाल चेम्बर अफ कमर्स, ललितपुर र भक्तपुर चेम्बर अफ कमर्स गरी १५ प्रतिशत र कर्मचारीको पाँच प्रतिशत लगानी छ । केयूकेएलमा कुल एक हजार दुइ सय ३८ कर्मचारी कार्यरत छन् । जसमा करार दुइ सय चारजना र दैनिक ज्यालादारी दुइ सय ६८ कर्मचारी छन् । स्थायी सात सय ६६जना कर्मचारीमध्ये दुइ सयभन्दा बढीले अवकाश पाइसकेका छन् । रिक्त पद हालसम्म पूर्ति हुन सकेको छैन । केयूकेएल राष्ट्रिय कमृचारी संगठनका केन्द्रीय सदस्य ओम ढकालले अन्तरद्वन्द्वका कारण दुइ सयजना कर्मचारी नियुक्ति प्रक्रिया विगत पाँच महिनादेखि थन्किएको बताए । उपत्यकामा खानेपानी व्यवस्थित र प्रभावकारी बनाउन २०६४ फागुन १ गते केयूकेएल स्थापना गरिएको थियो ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ बैशाख २१, पेज नं. २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image