Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
'पानी संकटकाल' घोषणा गरिपाउँ Print E-mail
Posted by Administrator   
Thursday, 05 May 2011

उर्जामन्त्री आगामी चार वर्षका लागि देशमा उर्जा संकटकाल घोषणा गर्नुभएको र्सवविदितै छ । सुरुमा त 'संकटकाल' भन्ने शव्द सुनेर कतिपय र्सवसाधरण डराए आत्तिए । ०६२/६३ पश्चात त्यो 'संकटकाल' भन्ने शव्द उतिसारो सुनिएको थिएन । विचरा विजुलीबत्ती नै नपुगेका हुम्ला, जुम्ला, रुकुम तथा विकट जिल्लाका बासिन्दालाई के थाहा उर्जा संकटकाल भनेको ?

संकटकाल जारी भएमा बम बारुद पडकिन्छन घरबाहिर निस्कनु हुँदैन, हिँडडुल गर्न, समुहमा जम्मा हुन वा सभा समारोह गर्न पाइदैन भन्ने मानसिकता थियो उनीहरुमा । जे होस संकटकाल भनेका विभिन्न प्रकारका हुँदा रैछन भन्ने थाहा पाइयो । त्यसको लागि मन्त्रीज्यूलाई मुरी मुरी धन्यवाद । अव विषयवस्तुतर्फ प्रबेश गरौ मुलुकमा उर्जा संकटकालले मात्रै पुगेन कृपया पानीसँग सम्बन्धित मन्त्रीज्युबाट राजधानीको जनजीवनलाई मध्यनजर राख्दै पानी संकटकाल अविलम्ब घोषणा गरिपाउँ । बैशाख जेठको चढदो गर्मीसँगै काठमाडौवासी पानी खान नपाएर छटपटिन थालेका छन् । धारा खेल्यो फुस्स हावा निस्कन्छ । हप्तामा एकदिन पानी आउने रे । तैपनि पानी आउने दिन बत्ती हुँदैन । पानी आएर पो के गर्नु - एक भाँडो भर्न नपाउदै सूक्छ । जसोतसो घरबेटीले आफ्ना लागि व्यवस्था गरिहाल्छन बाँकी वहालवालाहरु जिल्लाराम हातमा ग्यालेन झुन्डाएर कहाँ छन् ढुंगेधारा ? खोज्दै हिँडनुको विकल्प रहँदैन । आजभोलि ढुंगेधारा पनि एकादेशका धारा बन्न पुगेका छन् । पहिले पहिले ढुंगेधारामा प्रशस्तै पानी आउँथ्यो रे । मानिस गाईवस्तु सवैलाई छयालव्याल गर्न पुग्थ्यो रे हेर्नुस त मित्र अहीलेको हालत ? दस लिटर पानी भर्न दुइ तीन किलोमिटर लामो लाइन बस्नुपर्छ धाराबाट बच्चाले पिसाव गरेभन्दा सानो पानी र्झछ । उस्तै पुरे लाइनमा बस्ने बस्नेबीच कुटाकुट चल्छ । बत्ती नभएर बरु जेनतेन काम चलिराछ आज बत्ती छैन भन्यो अफिस ढिला पुग्यो, छिट्टै फर्कियो, बेलुकी सात बजे सुत्यो । विद्यार्थीलाई पढन नि सजिलो । कामदारलाई काम गर्न नि सजिलो । तर पानीविना त एकदिन पनि बाँच्न सकिँदैन । पानीजस्तो जीवनको अत्यावश्यक चीजलाई विशेष ध्यान दिनु जरुरी छ । मेलम्ची खानेपानी आयोजनाको अझै कहिलेसम्म सपना देखिरहने काठमाडौका जनताले ? त्यो त 'आकाशको फल आँखा तरी मर' उखानजस्तै भइसकेको छ । काकाकुल काठमाडौ यसरी कहिलेसम्म बाँच्न सक्छ - यावत करालाई ध्यानमा राखेर पानी संकटकाल घोषणा गरियोस् ।
- खेम गैरे
स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ बैशाख २२, पेज नं. ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image