Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी समस्या ज्यूँका त्यूँ Print E-mail
Posted by Administrator   
Thursday, 05 May 2011

खाँदाबारी : संखुवासभा सदरमुकाम खाँदाबारीमा विगत ६ महिना देखिको खानेपानी समस्या ज्यूँका त्यूँ छ । पानी वितरणको जिम्मा लिएको खाँदबारी नगरपालिकाले पानी वितरणमा ध्यान नपुर्याउँदा समस्या जटिल बन्दै गएको नागरिक समाजको अगुवा भोलामान श्रेष्ठले बताए । 'नगरपालिकाले पानी वितरणको जिम्मा लिए पनि उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा खाँदबारीका बासिन्दाले यो समस्या झल्नुपरेको हो' उनले भने ।

यहाँ रहेका केही सरकारी कार्यालय, कारागार, अस्पताल, घर र होटेलमा पानीको हाहाकार भएको छ । खाँदाबारीका बासिन्दा पानी लिनका लागि गाउँमा रहेका धारा र कुवामा दैनिक जाने गरेका छन् । सदरमुकाममा रहेका केही धारा र कुवामा विहान २ बजेदेखि नै पानी लिन जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ । गाउँमा रहेका कतिपय पानीको मूल खडेरीले सुक्न थालेपछि पछिल्लो समयमा पानी अभाव थप खडकिएको हो । पानी अभावमा सदरमुकाम खाँबारी दुर्गन्धित बन्दै गएको छ । प्रतयेक घर, पसल र होटेलका फोहोर पखाल्न पानीको अभाव हुँदा दुर्गन्ध बढेको हो । यता खाँदबारी अस्पतालमा बिरामीलाई खुवाउनदेखि शौचालय जानसमेत पानीको अभाव भएको कर्मचारी बताउँछन् ।
खाँदबारीमा सञ्चालित एक दर्जन होटेल तथालज बन्द हुने अवस्थामा पुगेका छन् । सैनिक होटेलका सञ्चालक डाक्टर प्रसाद पराजुलीले भने 'पानी नभई केही काम हुँदैन ।' सबै होटेलमा समस्या उही रहेको भन्दै उनले पानीको कर भने मासिक तिर्नुपरेको तर सम्बन्धित पक्षले काम नगर्दा यो नियति भोग्नुपरेको बताए । यहाँका करिब १० हजार मानिस मारमा परेका छन् । खाँदबारीमा जोडिएको सबै धारा अहीले सुख्खा छन् । धारामा लामो समयबाट एक थोपा पनि पानी नझरेको स्थानीय व्यापारी राजकुमार श्रेष्ठले बताए । 'नजिक रहेका केही धारामा पानी लन गएमा ६ घन्टामा पनि पालो पाउँदैन ।' खाँदबारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत दिनेश कट्टेल खाँदबारी नगरपालिका ५ को सहभीरमा रहेको मुहान नै घटेर सानो भएका कारण समस्या भएको बताउँछन् । खाँदबारीमा दैनिक जनसंख्या बढेकोले पनि पानी वितरण उपयुक्त तरिकाबाट हुन नसकेको उनले बताए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ बैशाख २२, पेज नं. १०

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image