Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सरुवा रोग नियन्त्रणमा ध्यान Print E-mail
Posted by Administrator   
Tuesday, 17 May 2011

मुलुकमा राजनीतिक जोडघटाउ तीव्र भइरहेका बेला राजधानीमा नै झाडापखाला र हैजाका विरामीहरु बढेको समाचार प्रकाशमा आएको छ । यो सरुवा रोगको बेलैमा नियन्त्रण गरिएन भने यसले गम्भीर अवस्था सिर्जना गर्ने निश्चितप्रायः रहेको छ । जेठ १४ नजिकै आइरहेको छ र त्यसपछि के होला भन्ने चासो जनमानसमा पनि उत्तिकै छ ।

यस अवस्थामा सरकार तथा दलहरु आफनै खाले गृहकार्यमा रहनु अस्वाभाविक पनि होइन । तथापि सरुवा रोगको महामारीको घटनालाई पनि हामीले कम आँक्न मिल्दैन । त्यसैले सम्बद्ध सबै पक्ष यसखालको सरुवा रोग नियन्त्रणका लागि तत्परताका साथ अगाडि बढ्नुपर्दछ, ता कि यसले थप क्षतिको अवस्था उत्पन्न नगरोस् । काठमाडौंमा फैलिएको झाडापखाला र हैजाका कारण टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल विरामीले खचाखच भरिएको अवस्था रहेको छ । बेमौसमी वषर्ात् अनि शहरमा थुप्रिएको फोहोरले जीवाणुहरु फैलिएर यसखालको रोग देखिएको अनुमान गरिएको छ । बितेका दुइ सातादेखि काठमाडौंमा अप्रत्याशित रुपमा झाडापखाला र हैजाको समस्या देखिएको हो । टेकूस्थित अस्पतालमा बिरामीको चाप बढ्नाले आकस्मिक कक्षमा समेत बिरामी राख्ने ठाउँको अभाव भएको बताइएको छ । दुइ सातादेखि दैनिक २० देखि २५ को संख्यामा झाडापखालाका विरामीहरु अस्पतालमा आउने गरेको र यो क्रम बढ्दै गइरहेको अस्पतालको भनाइ रहेको छ । यसरी बढ्दै जानुको कारण त्यससम्बन्धी आवश्यक र्सतर्कता नअपनाउनु नै हो भन्दा अतिशयोक्ति हुँदैन ।
प्रत्येक वर्षवषर्ायाममा यसखाले समस्या उत्पन्न हुने गरेकोमा यसपालि केही दिनयता नियमितजसो भइरहेको वर्षाले यो समस्या उत्पन्न भएको अनुमान गरिएको छ । दूषित खानेपानी र शहरमा व्याप्त फोहोर नै समस्याको प्रमुख कारण रहेको कुरा कसैले भनी रहनु नै पर्दैन । यो प्रसंग किन पनि महत्त्वपूर्ण रहेको छ भने हरेक वर्ष यी समस्या उत्पन्न हुने गरेका छन् । मुलुकमा रोग निरोधका लागि खटिएका निकायहरु थुप्रै छन् तर ती निकायबाट आवश्यक पहल नभएकै कारण यी यावत् समस्या हरेक वर्षदोहोरिने गरेका छन् । बल्ल रोग फैलिन थालेपछि अस्पताल र सम्बद्ध निकायले सो सम्बन्धी तालिमका लागि मान्छे खटाएको भन्ने कुरा पनि प्रकाशमा आएको छ । वर्षदनभरि ती निकाय के गर्छन् र अहिले घरमा आगो लागिसकेपछि कुवा खन्ने’ शैलीमा तालिमका कार्यक्रम सञ्चालन गर्न लागेका छन् भन्ने गम्भीर प्रश्नसमेत सँगसँगै उठ्न पुगेको छ । त्यसैले यसखालका सम्भावित गम्भीर घटनाको अवस्थालाई ध्यान दिएर सम्बद्ध निकायले आवश्यक औषधि उपचारको जोहो पनि बेलैमा गर्नु बुद्धिमानी हुन्छ । साथै यस्तो परिस्थिति सिर्जना हुनै नदिनका लागि सम्बद्ध सरोकारवालाले यथेष्ट जनचेतना जगाउनु पनि अत्यावश्यक रहेको छ । हो, अहिले सबैको ध्यान राजनीतिक परिस्थित्रितिर गइरहेको छ । तर यसो हुँदाहुँदै पनि मानवीय पक्षमा कसैबाट कुनै कमी-कमजोरी हुन दिनु हुँदैन । सरुवा रोगका विरामीको यथोचित उपचारका लागि सरकार, सम्बद्ध मन्त्रालय र अन्य निकायले बेलैमा तदारुकता देखाउनुपर्दछ । यसका लागि अल्पकालीन र दीघकालीन रुपमा के कस्ता कार्यक्रम र पद्धति ल्याउनुपर्ने हो त्यसतर्फसबैको अविलम्ब ध्यान जाओस् र पीडित पक्षले अनाहकमा ज्यान गुमाउनु नपरोस् ।
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६८ जेष्ठ ३, पेज न ४

 
Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image