Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
अस्पतालका चर्पी कतै दुर्गन्धित कतै प्रयोगविहीन Print E-mail
Posted by Administrator   
Thursday, 19 May 2011

विराटनगर : मोरङको सवैभन्दा ठूलो मानिएको कोशी अञ्चल अस्पतालका विमारी कुरुवा घरछेउमा रहेको आधा दर्जन चर्पीहरु विगत तीन वर्षदेखि प्रयोगविहीन बनेका छन् ।

विमारी कुरुवा घरका चर्पीहरु अस्पतालले सरसफाई नगर्दा प्रयोगविहीन बनेपछि विभिन्न ठाउँबाट सेवा लिन आएको बिमारी र कुरुवाहरलाई शौच गर्न समस्या भएको छ । अस्पताल प्रशासनले पुराना चर्पीहरुको मर्मत र सरसफाईमा ध्यान नदिएपछि अस्पतालमा विमारी कुरुवाहरुलाई शौच गर्न समस्या भएको हो । प्रशासन शाखाका अनुसार अस्पतालमा हाल ५० जना स्विपर कार्यरत छन् । उनीहरुको पारिश्रमिक, भत्तालगायतका शीर्षकमा मासिक साढे ३ लाखभन्दा बढी रकम खर्च हुन्छ । यसबाहेक फिनेल, हर्पिक, ओडोनिल सफा गर्ने ब्रसलगायतका सामग्रीका लागि वाषिर्क ५ लाखभन्दा बढी खर्च हुन्छ । तर विडम्बना कस्तो छ भने कार्यालय भवनको बाहेक अस्पतालक कुनै पनि चर्पीहरु सफासुग्घर र राम्रो हालतमा छैनन् । लाखौ रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पतालका २० भन्दा बढी चर्पीहरु अत्यन्त दुर्गन्धित फोहोर र लथालिङ्ग अवस्थामा रहेका छन् ।
अस्पतालमा क्वाटैर लिएर बस्ने डाक्टरहरु र कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा प्रयोग गर्ने चर्पी भने स्विपरहरुलाई दिनहुँ सफा गर्न लगाउने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालको प्रसूति गृह, मेडिकल, सर्जिकल, बच्चा विभाग र ओपीडी सेवामा प्रयोग भई आएका चर्पीहरु दिसा पिसावले भरिएपछि विरामी र तिनका कुरुवाहरुलाई शौच गर्न समस्या भएको छ । 'यहाँका हाकिम र कर्मचारीहरु फिनेल नै प्यँछन कि क्या हो ?' मेडिकल विभागमा सात दिनदेखि विरामी कुरेर बसेका हरि गिरीको भनाई थियो 'हामी आईकन एक पटक पनि चर्पी सफा भएको छैन ।' चर्पीमा ज्यादै फोहोर भएका कारण विरामी र कुरुवामा उल्टै संक्रमण फैलने उहाँको कथन थियो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमाकान्त झाले अस्पतालका सवै चर्पीहरु नियमित रुपमा सफा भइरहेको दाबी गर्नुभयो, 'कतै एक दिन सफा गर्न छुटयो होला र गुनासो आएको हुन सक्छ । म विहान बेलुका सधै हेर्न गइरहेको हुन्छु ।'
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६८ जेष्ठ ५, पेज नं. ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image